२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्थानीय तहमा २९ हजार सहकारी हस्तान्तरण

२०७५, २९ माघ मंगलवार ११:२४

कृष्णराज गौतम | माघ २९, काठमाडौँ | सरकारले करीब २९ हजार सहकारी संस्था र त्यसको व्यवस्थापन प्रणाली स्थानीय तह एवं प्रदेश सरकारमा हस्तान्तरण गरेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको विकासमा आवश्यक नीति, नियम निर्माणलगायत विषयमा सहयोग गर्ने स्थानीय तहमा सहकारीको गतिविधिलाई सक्रिय बनाउने नीति अवलम्बन गरेको छ । 

देशभर हाल ३४ हजार ५१२ प्रारम्भिक सहकारी संस्था छन् । समाजमा छरिएर रहेको स–साना रकमलाई एकीकृत तथा बचत गर्न लगाई पूँजी निर्माण र उत्पादनशील क्षेत्रमा लगानी गर्ने कार्यमा सहकारी क्षेत्रले योगदान गरेको छ । सहकारी क्षेत्रको विकासका लाीग मन्त्रालयले विभिन्न तालीम, प्रशिक्षण तथा सूचना उपलब्ध गराउँदै आएको छ । 

सहकारी संस्था सञ्चालन, नियमन एवं प्रवद्र्धनका लागि नमूना कानून, दिग्दर्शन निर्माण गरिएको स्थानीय तह र प्रादेशिक सरकारलाई अभिमुखीकरण एवं क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको सचिव गोपिनाथ मैनालीले जानकारी दिनुभयो । 

मुलुकको विकास र समृद्धिका लागि सरकारी, निजी र सहकारी क्षेत्र गरी तीन खम्बे अर्थनीतिलाई आधार बनाउन खोजिएको छ । हिमाल, पहाड, तराईका विकट भू–भाग, ग्रामीण तथा सहरी क्षेत्रमा उत्पादनकर्ता कृषक तथा उपभोक्तालाई लक्षित गरी धेरै सहकारी स्थापना भएको पाइन्छ । 

विसं २०१३ देखि सहकारी क्षेत्रले आर्थिक विकासका लागि कार्य गर्दै आएको छ । यस क्षेत्रले उन्नतजातका स्तरीय बिउबिजन, रासयनिक मलखाद, किटनासक औषधीहरू, कृषि औजारहरू सहुलियतपूर्ण ब्याजदरमा अनुदान स्थानीय तहमा उपलब्ध गराइने छ । सहकारी क्षेत्रको माध्यमबाट देशभर निस्कृय पूँजीलाई बचत गरी वित्तीय पहुँच नपुगेकालाई विभिन्न वस्तु उत्पादनमा सहयोग तथा सेवा प्रदान भइरहेको मन्त्रालयले जनाएको छ । 

सहकारी बजार विस्तारमार्फत गरिबी निवारण कार्यक्रमसमेत मन्त्रालयले सञ्चालन गरेको छ । सरकारले राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) सँगको सहकार्यमा सहकारी बजार विकास कार्यक्रम (सीएमडिपी) सञ्चालनमा ल्याएको छ । 

यसबाट काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रका छ जिल्लाका १८ गाउँ पालिकाका ७२ उत्पादन क्षेत्रलाई सहकारीमार्फत आबद्ध गरेको छ । त्यसबाट १४ हजार ४०० कृषक परिवारलाई काठमाडौँको बजारसँग प्रत्यक्ष सम्बन्ध स्थापना गरिएको छ । जसबाट आगामी दिनमा उपभोक्ता र उत्पादक दुवै पक्ष प्रत्यक्ष लाभान्वित हुनेछन् । 

यस क्षेत्रले देशभर रु दुई खरब भन्दा बढी निक्षेप सङ्कलन गरेको छ । समूहको वित्तीय सुरक्षा दिने तथा उनीहरुलाई लगानीको वातावरणको प्रबन्ध गर्ने उद्देश्यले सहकारी दर्ता हुने गरेको पाइन्छ । विश्वमा सहकारीको अवधारणा सन् १८४४ मा बेलायतबाट शुरु भएको इतिहास छ । सन् १८९५ सम्ममा सहकारीको यो अवधारणा विश्वका १४ मुलुकमा विस्तार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ