२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोटमा तीन जिल्लाका किसानलाई तालिम प्रदान

३ फाल्गुन २०७५, शुक्रबार ०८:३१

फागुन ३, सल्यान । सल्यानमा ६४ वटा कृषक समूहलाइ अगुवा कृषक तालिम प्रदान गरिएको छ । उन्नत कृषि केन्द्र कपुरकोटले सल्यान सहित दाङ र रोल्पामा गठन भएका ६४ वटा कृषक समूहका अध्यक्षहरुलाइ तालिम प्रदान गरेको हो ।

खेती गर्दा माटोको गुणस्तर कस्तो हुनु पर्दछ । विरुवालाई आवश्यक पर्ने मलखाद तथा पोषक तत्व, माटाको पि एच मान, रोग किरा को बारेमा अल्फा एग्रो विरगन्जको सहकार्यमा तालिम प्रदान गरिएको उन्नत कृषि केन्द्रका सञ्चालक घनश्याम शर्माले जानकारि दिए ।


यस क्षेत्रमा अव बेमौषमी तरकारि खेती सुरु हुने भएकाले खेती शुरु हुनुभन्दा पहिले नै महत्वपूर्ण विषयमा किसानलाइ प्राविधिक ज्ञान प्रदान गरिएको उनले बताए ।

उनका अनुसार सल्यान जिल्लाको कपुरकोट गाउपालिका, त्रिवेणी गाउपालिकाको टुनिबोट र सल्लेखोला, रोल्पा जिल्लाको त्रिवेणी गाउपालिकाको बुढागाउ चक्रि र तुल्सिपुर उपमहानगर पालिका वडा नं.३ को राम्रीमा गठन गरिएका ६४ वटा कृषक समूहका अध्यक्षहरुलाई तालिम दिइएको हो ।

सहभागी कृषकहरुलाइ उन्नत कृषि केन्द्रका सञ्चालक घनश्याम शर्मा, अल्फा एग्रोका क्रितेश पौडेल, किसान २ का लक्ष्मण दनुवार, अल्फा एग्रो प्रा.ली. का लक्ष्मण खनाल लगाएत कृषि प्राविधिकहरुले तालिम प्रदान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने