२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाँजा सङ्कलन गरिरहेको अवस्थामा सिन्धुलीबाट आठ जना पक्राउ

६ फाल्गुन २०७५, सोमबार ११:२५

फागुन ६, सिन्धुली । गाँजा सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वरबाट आठ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिकाका करिब ४७ वर्षीय जगदेव माझी, ४६ वर्षीय मागर माझी, ४५ वर्षीय ढोडा माझी, ४० वर्षीया भगवती माझी, ३७ वर्षीया रोहनी माझी, ३५ वर्षीया लालमती माझी, ३६ वर्षीया टैती माझी र ३२ वर्षीया कुसुनी माझी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । 

केही दिनअघि क्यानेश्वर आएर गाँजा प्रशोधनका लागि गाँजा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरी उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । 

उनीहरुको साथबाट ३३८ बोट गाँजा पनि बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा लगाइएको अवैध गाँजा प्रहरीले केही समयअघि फडानी गरेका गाँजा सङ्कलन गर्न उनीहरुको टोली यहाँ आएको उहाँको भनाइ छ । 

प्रहरीले गाँजा फडानीपछि नष्ट गर्नुपर्ने केही गरियो, हरियो भएकाले पूरै नष्ट गर्न सकेका थिएनांै, नष्ट हुन नपाएका गाँजा खोजी गर्दै उनीहरुले सङ्कलन गरेको पाइयो प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो । 

गाँजा सङ्कलनका विषयमा आवश्यक अनुसन्धान जारी रहेको र पक्राउ परेका सबै विरुद्ध मुद्दा चलाइने उहाँको भनाइ छ । 

मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न स्थानमा लगाएको अवैध गाँजा फँडानी गर्न प्रहरीले मङ्सिर १ गतेदेखि अभियान नै चलाएको थियो । अभियानका क्रममा १२१ बिगाहाको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने