Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कपुरकोटमा स्वयंमसेविकाहरुको अर्धवार्षिक समिक्षा सम्पन्न

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन ९, सल्यान । कपुरकोट गाउँपालिकाका महिला स्वास्थ्य स्वयमसेविकाहरुको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । ६ वटै वडाका ३७ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफुले स्वास्थ्य क्षेत्रमा गरेका कामको समिक्षा गरेका हुन् ।

४ वटा स्वास्थ्य चौकी र २ वटा सामुदायीक स्वास्थ्य इकाइमा समिक्षा कार्यक्रम सम्पन्न भएको कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारि दिएका छन् ।

नियमित लगाउनुपर्ने खोप, परिवार नियोजन, झाडापखाला, स्वासप्रश्वास रोग, गर्भवती, सुत्केरी तथा नवजात शिशु स्याहारका विषयमा के कस्तो प्रगती भइरहेको छ र चुनौतीहरु के छन् भन्ने बारेमा समिक्षा भएको हो ।

स्वास्थ्य चौकी कपुरकोटमा रहेका १० जना महिला स्वास्थ्य स्वयमसेविकाहरुको विचमा पनि यस प्रकारको समिक्षा सम्पन्न भएको स्वास्थ्य चौकीका इन्चार्ज देवेन्द्र कुमार सेनले जानकारि दिएका छन् । समिक्षामा समुदायको स्वास्थ्य सबल बनाउन सुधार गर्नुपर्ने पक्षका विषयउमा बढि जोड दिइएको थियो । आमा समूहको बैठक, अभिलेख तथा प्रतिवेदनका बारेमा पनि छलफल भएको सेनले जनाए ।

साथै समिक्षामा स्वयमसेविकाहरुले विभिन्न माग पनि राखेका छन् । उनीहरुले रिफ्रेसर ट्रेनिङ संगै नयाँ महिला स्वास्थ्य स्वयमसेविकाहरुले आधारभुत तालिमको पनि माग गरेको इन्चार्ज सेनले जनाए ।

यसैविच कपुरकोट गाउँपालिकाको आयोजनामा इमप्लान्टको स्याटेलाइट क्लिनिक सम्पन्न भएको छ । वडा नम्बर ६ सिनवाङमा गत माघ दुई पटक परिवार नियोजनको अस्थायी साधन इमप्लान्टको स्याटेलाइट क्लिनिक सम्पन्न भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

क्लिनिकमा संलग्न स्वास्थ्यकर्मी देवेन्द्र कुमार सेनका अनुसार सिनवाङका ४० जना महिलाले इमप्लान्ट सेवा प्राप्त गरेका छन् । घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले सिनवाङमा क्लिनीकको आयोजना गरिएको हो ।