२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोटमा स्वयंमसेविकाहरुको अर्धवार्षिक समिक्षा सम्पन्न

९ फाल्गुन २०७५, बिहीबार १०:४५

फागुन ९, सल्यान । कपुरकोट गाउँपालिकाका महिला स्वास्थ्य स्वयमसेविकाहरुको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । ६ वटै वडाका ३७ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफुले स्वास्थ्य क्षेत्रमा गरेका कामको समिक्षा गरेका हुन् ।

४ वटा स्वास्थ्य चौकी र २ वटा सामुदायीक स्वास्थ्य इकाइमा समिक्षा कार्यक्रम सम्पन्न भएको कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारि दिएका छन् ।

नियमित लगाउनुपर्ने खोप, परिवार नियोजन, झाडापखाला, स्वासप्रश्वास रोग, गर्भवती, सुत्केरी तथा नवजात शिशु स्याहारका विषयमा के कस्तो प्रगती भइरहेको छ र चुनौतीहरु के छन् भन्ने बारेमा समिक्षा भएको हो ।

स्वास्थ्य चौकी कपुरकोटमा रहेका १० जना महिला स्वास्थ्य स्वयमसेविकाहरुको विचमा पनि यस प्रकारको समिक्षा सम्पन्न भएको स्वास्थ्य चौकीका इन्चार्ज देवेन्द्र कुमार सेनले जानकारि दिएका छन् । समिक्षामा समुदायको स्वास्थ्य सबल बनाउन सुधार गर्नुपर्ने पक्षका विषयउमा बढि जोड दिइएको थियो । आमा समूहको बैठक, अभिलेख तथा प्रतिवेदनका बारेमा पनि छलफल भएको सेनले जनाए ।

साथै समिक्षामा स्वयमसेविकाहरुले विभिन्न माग पनि राखेका छन् । उनीहरुले रिफ्रेसर ट्रेनिङ संगै नयाँ महिला स्वास्थ्य स्वयमसेविकाहरुले आधारभुत तालिमको पनि माग गरेको इन्चार्ज सेनले जनाए ।

यसैविच कपुरकोट गाउँपालिकाको आयोजनामा इमप्लान्टको स्याटेलाइट क्लिनिक सम्पन्न भएको छ । वडा नम्बर ६ सिनवाङमा गत माघ दुई पटक परिवार नियोजनको अस्थायी साधन इमप्लान्टको स्याटेलाइट क्लिनिक सम्पन्न भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

क्लिनिकमा संलग्न स्वास्थ्यकर्मी देवेन्द्र कुमार सेनका अनुसार सिनवाङका ४० जना महिलाले इमप्लान्ट सेवा प्राप्त गरेका छन् । घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले सिनवाङमा क्लिनीकको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने