Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम

२०७५, १० फाल्गुन शुक्रबार ०६:३०

फागुन १०, डोटी | जिल्ला प्रहरी कार्यालय डोटीले जिल्लामा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

उक्त अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विद्यानन्द माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “समुदाय प्रहरी साझेदारी’ कार्यक्रम निकै फलदायी भएको छ, समाजमा हुने आपराधिक क्रियाकलापमा पनि निकै कमी आएको छ ।” 

प्रहरीले यहाँका विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएको स्थानीयवासी सर्वजीत देउवाले बताउनुभयो । गत कात्तिक ११ गते ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा सञ्चालन गर्ने गरी डोटी प्रहरीले उक्त अभियान जिल्लाभरि शुरु गरेको थियो । उक्त अभियानअन्तर्गत जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । 

त्यस्तै यहाँको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले राजमार्गमा दुर्घटना नियन्त्रण गर्न विशेषगरी लामो दूरीका सवारीचालकलाई प्रशिक्षण तथा स्वास्थ्य जाँचका कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम सञ्चालनपछि हामीले लामो दूरीका चालकका स्वास्थ्य परीक्षणदेखि अन्य ट्राफिक नियमसम्बन्धी जानकारी दिन थालेका छौँ, कार्यक्रम प्रभावकारी भएको पाएका छौँ ।” विशेषगरी प्रहरीले समाजमा घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रम गरिरहेकाले कार्यक्रम प्रभावकारी बन्दै गएको प्रजिअ यादवकुमार सुवेदीले बताउनुभयो । 

प्रहरीले यो अभियान सञ्चालन गर्न जिल्लास्तरीय दुई र सातवटै स्थानीय तह तथा विभिन्न वडामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन संयन्त्र पनि गठन गरेको छ । यतिमात्र नभई यहाँका किशोरीलाई यौन हिंसाबाट स्वयं जोगिन र सक्षम बनाउन किशोरी आत्मरक्षा तालीम पनि प्रहरीले सञ्चालन गर्ने भएको छ । समुदायलाई लक्षित गरी बालविवाह, दाइजो, छाउपडी प्रथाजस्ता सामाजिक अपराधसम्बन्धी घटना रोक्न प्रहरीले गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालनसमेत गरिएको छ । 

रितो डाँक पठाउँदै हुलाक कर्मचारी  

डिभिजन हुलाक कार्यालय दिपायल राजपुरका कर्मचारी हिजोआज रितो डाँक पठाउन बाध्य भएका छन् । हुलाक कार्यालयमा खासै चिठीपत्र कसैले नपठाउने गरेका कारण कर्मचारी रित्तो डाँक पठाउने गरेका हुन् । यहाँबाट सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा केन्द्र अर्थात् काठमाडौँमा समेत डाँक जाने भए पनि चिठीपत्र कसैले नपठाउँदा प्रायः रित्तो डाँक जाने गरेको डिभिजन हुलाक कार्यालय दिपायलका प्रमुख जितेन्द्र विकले बताउनुभयो । 

उहाँले भन्नुभयो, “इन्टरनेट तथा विभिन्न सञ्चार सेवामा पहँुच बढ्दै जाँदा हुलाक सेवाको पहुँच घट्दै गएको हो”, सूचना प्रविधिको विकासले फड्को मार्दा हुलाकमार्फत चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको छ । टेलिफोन, इन्टरनेट र फ्याक्स, मोबाइल फोन सर्वसुलभ भएपछि हुलाकबाट आफन्तलाई चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको दिपायलका स्थानीयवासी दिव्य पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “अति जरुरी काम फोनबाट भइहाल्छ, ‘डकुमेण्ट’ मेलबाट पठाउने व्यवस्था भएपछि कसले कुर्ने हुलाकलाई ?” घरायसी वा व्यक्तिगत चिठीपत्र पठाउने काम घटेपछि यहाँका डिभिजन हुलाक तथा जिल्ला हुलाक कार्यालय डोटी सरकारी कार्यालयका चिठीको भरमा सञ्चालन भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित