Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आमा मृत फेला, छोराछोरी एक हप्तादेखि बेपत्ता

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १४, सोलुखुम्बु | खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

नाम्चेको एक विद्यालयमा रहेको होस्टलमा बसेर पढ्दै आएका उनीहरुलाई आफ्नै आमा मिङ्मायाङ्जी शेर्पाले सोहीदिन बिहान ७:३० बजे जिम्मा लिएर घरतर्फ लागे पनि त्यहाँ नपुगेपछि खोजी गर्दा सोही दिन दिउँसो १:३० बजे आमाको शव जोरसल्लेस्थित दूधकोशी नदीको किनारमा फेला परेको थियो। छोराछोरीको अवस्था अझैसम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“उनीहरुको खोजी जारी राखेका छाँै ।”, जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले भन्नुभयो, “आजसम्म उनीहरुको अवस्था अज्ञात छ, सबैले खोजीमा सहयोग गरिदिनुपर्यो ।” प्रहरीका अनुसार मृतक महिलाको शव परीक्षणका लागि काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ ।

मृतकका छोराछोरीको चप्पल र कपडासमेत दूधकोशी नदी किनारमा भेटिएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । प्रहरीले आसपासका क्षेत्रमा खोजीलाई तीव्रता दिनाका साथै उक्त नदी बहने छिमेकी जिल्ला ओखलढुङ्गा, खोटाङ र उदययपुरका प्रहरी एकाइलाई समेत खोजीका लागि आग्रह गरेको जनाएको छ ।

आमाको शव नदी किनारमा भेटिएको र छोराछोरीको कपडासमेत फेला परेकाले उनीहरूसँगै खोलामा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ । बेपत्ता ङिमाडोमा र कुङ्गादोर्जी सोही गाउँपालिकाको–७ मा रहेको हिमालयन आधारभूत विद्यालयको होस्टलमा बस्दै आएका थिए । रासस