६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब कलङ्की- कोटेश्वर जस्तै कलंकी–महाराजगञ्ज सडक, डिपिआरको काम हुँदै

२२ फाल्गुन २०७५, बुधबार १७:२९

फागुन २२, काठमाडौँ (रासस) | कोटेश्वर–कलङ्की सडक हस्तान्तरण भएसँगै कलङ्की–महाराजगञ्ज सडक विस्तार र सुधारको तयारी गरिएको छ । चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर–कलङ्की सडक हस्तान्तरणपछि दोस्रो खण्डका रुपमा कलङ्कीबाट महाराजगञ्जसम्मको सडक सुधारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) को काम भइरहेको सडक विभागले जनाएको छ । 

चिनियाँ पक्षले नै सडकको अध्ययन गरिरहेको विभागका वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन आएपछि त्यसमा आवश्यक सुझाव समेटेर अन्तिम प्रतिवेदन आउनेछ । प्रारम्भिक र अन्तिम दुवै अध्ययन प्रतिवेदन चिनियाँ पक्षले नै गर्नेछ । 

प्रमुख श्रेष्ठले भन्नुभयो, “हामीले त्यसमा समेट्नुपर्ने विषयमा भने सुझाव दिइरहेका छौँ ।” कोटेश्वर–कलङ्की सडकबाट सिकेका कुरा यस खण्डमा लागू गर्न विभागले चिनियाँ पक्षलाई भनिरहेको बताएको छ । सडक चिह्न, आकाशे पुल, जेब्राक्रसिङलगायतका कुरामा ध्यान दिनका लागि चिनियाँ पक्षलाई भनिएको छ । दुई देशमा रहेका सांस्कृतिक भिन्नताका कारण कोटेश्वर–कलङ्की सडकमा समस्या देखिएको बताइएको छ । प्रमुख श्रेष्ठले भन्नुभयो, “रोड डिभाइडरको काम चीनमा सडक चिह्नले गर्ने भए पनि यहाँ पर्खाल चाहिने खालको हाम्रो सोचाइ रहेको छ ।” 

आकाशे पुल वा ‘अण्डरपास’ कति वटा र कुन कुन ठाउँमा बनाउने भन्ने चीनले गर्ने लगानीमा निर्भर हुने विभागले जनाएको छ । यो सडकको लम्बाइ झण्डै आठ किलोमिटर छ । निर्माण सम्पन्न भएको कोटेश्वरबाट कलङ्कीसम्मको सडक झण्डै १० किलोमिटर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या