2026-10-05 02:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

अलैँचीको मूल्यमा निरन्तर ह्रास

रवीन्द्र काफ्ले | फागुन २५, फिदिम | अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ३५ हजार हाराहारीबाट घटेर रु २२ देखि २५ हजारमा झरेपछि किसान निराश बनेका हुन् । 

अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको साँवासमेत नउठ्ने कृषकको भनाइ छ । मूल्य निरन्तर ओरालो लाग्दै गएपछि अलैँची गोदाममा राख्ने कि बेच्ने भन्नेमा किसान अन्योलमा परेका छन् । “मनको रु ३० देखि ४० हजार मूल्य हुँदा साँवासम्म उठ्थ्यो” जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपका अगुवा अलैँची कृषक तिलविक्रम चेम्जोङले भन्नुभयो, “साँवा नै नउठ्ने भएपछि अलैँची बिक्री गर्न सकिएन् ।”

राम्रो मूल्य प्राप्त गर्ने आशमा उक्त क्षेत्रका किसानले गत वर्षको अलैँची समेत गोदाममा राखेको उहाँको भनाइ छ । रोगकीरा नियन्त्रण, औषधि, सिँचाइ, गोडमेललगायत कार्यमा ठूलो धनराशी खर्च हुँदा अलैँची उत्पादन समेत महङ्गो भएको चेम्जोङले बताउनुभयो । 

पाँचथरको याङवरक–५, नागीका किसान खड्गबहादुर लक्समले अलैँची खेतीका क्रममा भएको खर्च उठाउनै धौधौ परेको दुखेसो पोख्नुभयो । पाँचथरका च्याङथापु, फलैँचा, ओयाम, थर्पु, नागी, सिदिन, प्राङबुङ, मेमेङ, लुङरुपा, रानीटार, फिदिम, फाक्तेप, आङसराङ, रवी, कुरुम्बालगायत स्थानमा अलैँचीको खेती हुनेगर्दछ । यहाँका अधिकांश किसानले रामसाई, डम्बरसाई र गोलसाई प्रजातिको अलैँची खेती गर्ने गर्दछन् । 

अलैँची खेतीबाट नाफा लिनै नसक्ने अवस्था आएपछि कृषकमा चरम निराशा छाएको अलैँची व्यवसायी महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक नेपालले बताउनुभयो । उहाँका अनुसार कृषकमा छाएको निराशाले व्यवसायीमा समेत प्रभाव पारेको छ । भारत, भुटानलगायतका मुलुकमा अलैँची उत्पादनमा वृद्धि भएसँगै नेपालको अलैँचीले उचित मूल्य पाउन छाडेको व्यवसायी नेपालले बताउनुभयो । 

भारतमा नोटबन्दी हुनु तथा क्रयशक्ति कमजोर हुनुले समेत अलैँचीको मूल्य घट्दै गएको नेपालको ठम्याइ छ । “अलैँचीको खेती र व्यवसायमा गम्भीर समस्या आउने लक्षण देखा पर्दैछ” नेपालले भन्नुभयो । अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित अलैँचीजस्तै नक्कली अलैँची देखा परेपछि नेपाली अलैँचीको मूल्यमा भारी गिरावट आउन थालेको बताइएको छ । 

चीन, भियतनाम, लाओसलगायत देशमा उत्पादित अलैँचीजस्तै देखिने अलैँचीको तुलनामा अत्यन्तै कम मूल्यमा पाइने वस्तुले अन्तर्राष्ट्रिय बजारमा पकड जमाउँदै गएपछि नेपाली अलैँची कृषक मारमा परेको अलैँची ब्यवसायी खेमनाथ अधिकारीले बताउनुभयो । नेपालबाट निकासी भएको ९५ प्रतिशत अलैँची भारतीय बजारमा हुँदै खाडी, युरोप तथा अन्य मुलुकसम्म पुग्छ । उहाँका अनुसार भारतले नेपालमा उत्पादन भएको अलैँची गुणस्तरहीन भनेपछि यहाँ उत्पादित अलैँचीले मूल्य गुमाएको छ । 

पूर्वी पहाडको अलैँची अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने व्यवसायी झापाको विर्तामोडमा छन् । अलैँची व्यवसायी महासङ्घको केन्द्रीय कार्यालयसमेत विर्तामोडमै रहेको छ । अधिकांश जिल्लाको अलैँची विर्तामोडमा सङ्कलन भएर विदेश निर्यात हुने गर्छ । पहाडी जिल्लामा उत्पादन भएको अलैँची बिर्तामोडको बजारसम्म पुग्न नपाउँदै गुणस्तरमा दोष देखाएर कम मूल्य निर्धारण गर्ने गरिएको कृषकको भनाइ छ । नेपालको अलैँचीको गुणस्तर तथा अन्तर्राष्ट्रिय मूल्यबारे स्थानीय व्यवसायी र कृषक जानकार नहुँदा समस्या आएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर