२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सम्पदा बस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन

२०७५, २८ फाल्गुन मंगलवार ०६:११

फागुन २८, काठमाडौँ | भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती पुनःनिर्माणका लागि कूल रु ३० करोड विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल रु एक करोड २० लाख निकासा गरिएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का अनुसार काठमाडौँ उपत्यकाभित्रका खोकना (ललितपुर), बुङ्मती (ललितपुर) र साँखु (काठमाडौँ) का परम्परागत सम्पदा बस्तीका स्मारक, पार्टी, धारा तथा अन्य संरचना पुनःनिर्माणका लागि बजेट विनियोजन गरिएको छ । 

उपत्यका बाहिर नुवाकोटको साततले दरबार क्षेत्र, गोरखाको गोरखा दरबार क्षेत्र तथा दोलखाको दोलखा बजार पनि यस कार्यक्रममा समेटिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिनुभयो । 

सम्पदा बस्तीका परम्परागत स्मारक, पाटी, धारा तथा अन्य पूर्वाधार पुनःनिर्माणमा बजेट खर्च हुने जनाइएको छ । “यसबाट हाम्रा मौलिक सम्पदाको संरक्षण मात्र हुने छैन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन भई जीविकोपार्जनमा पनि टेवा पुग्नेछ”, निर्देशक प्याकुरलेले भन्नुभयो । 

निर्देशक प्याकुरेलका अनुसार भूकम्पबाट क्षतिग्रस्त सातवटा विश्व सम्पदा सूचीमा परेका क्षेत्रको संरक्षण तथा विकास कार्यको अध्ययन तथा विकास कार्यका लागि पनि सोही परिमाणको अलग्गै बजेट विनियोजन गरिएको छ । प्रत्येक क्षेत्रको अध्ययनका लागि रु २० लाख र विकास कार्यका लागि यस आर्थिक वर्षभित्र रु पाँच करोड बजेट परिचालन हुनेछ । 

“यस कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र, चाँगुनारायण मन्दिर क्षेत्र, स्वयम्भूनाथ क्षेत्र र बौद्ध स्तुपा क्षेत्रको विकास कार्य हुनेछ र उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौँका दरबार क्षेत्रको संरक्षण र सम्वद्र्धन गरिनेछ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ