2026-09-14 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्नेमा पाटन नगरपालिका पहिलो

कृष्ण बिष्ट | फागुन २८, बैतडी | बैतडीको पाटन नगरपालिकाले पहिलो पटक नगरस्तरीय परीक्षा सञ्चालन गरेको छ । कक्षा ८ को परीक्ष पालिका स्तरीय गर्नु पर्ने भएपनि पाटन नगरपालिकाले कक्षा ५ को पनि नगरस्तरीय परीक्षा सञ्चालन  गरेको जनाएको छ । नगरपालिकाका ६४ वटै सामुदायिक बिद्यालयहरुमा मंगलबार देखि नगरस्तरीय परीक्षा सुरु भएको हो । 

शिक्षामा गुणस्तरीयता कायम गर्न र शिक्षामा उकरुपता कायम गर्नको लागि नगरस्तरिय परीक्षा सञ्चालन गरेको  नगर प्रमुख केसव बहादुर चन्दले जानकारी दिए । सामुदायिक बिद्यालयको पठनपाठनलाइ थप प्रभावकारी बनाउनको लागि र परीक्षा सञ्चालन पश्चात कमीकमजोरी पत्ता लागाई उचित पृष्टपोसण सहित गुणस्तरीयता कायम गराउन आवस्यक कार्यक्रम ल्यउने उदेश्यले परीक्षा सञ्चालन गरेको उनले बताए । 

कक्षा १ देखि कक्षा ९ सम्मका सबै प्रश्नपत्र पनि नगरपलिकालै नै निर्माण गरेको छ । शिक्षाको गुणस्तरीयता मापन गर्नको लागि नगरपालिकाले नगर भित्रका सामुदायिक बिद्यालयका बिषय शिक्षकलाई प्रस्न निर्माण समिती भित्र राखेर प्रस्न पत्र निर्माण गरेको जनाएको छ । नगर भित्रका सबै सामुदायिक बिद्यालयहरुका लागि एउटै प्रश्न पत्र निर्माण गरी गुणस्तरीयता मापन हुने नगर प्रबक्ता एबम परीक्षा समितीका संयोजक लोक बहादुर भण्डारीले जानकारी दिनुभयो । मंगलबार पहिलो दिन अनिवार्य अग्रेजिको परीक्ष  सम्पन्न भएको छ ।   

कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्न लागेको जिल्लाको पहिलो नगरपलिका पाटन नगरपालिका हो । जिल्लाका अन्य स्थानिय तहहरुले कक्षा ८ को मात्रै नगरस्तरीय परीक्ष सञ्चालन गरीरहेका छन । 

५८ सुपरीबेक्षक परीचालन 

नगरपालिकाले परीक्षालाई मर्यादित बनाउनको लागि  ५८ सुपरीवेक्षक परीचालन गरेको छ । कक्षा ५ र ८ को परीक्षालाई नगरस्तिरीय परीक्षाको रुपमा सञ्चालनग गरेकोले ६४ वटा सामुदायिक बिद्यालयहरु मध्ये कक्षा १ देखि कक्षा ८ सम्म पढाइ हुने सामुदायिक बिद्यालयका लागि सुपरीबेक्षक परीचालन गरेको हो ।

“नगरपालिकामा रहेका ६४ सामुदायिक बिद्यालय मध्ये कक्षा १ देखि कक्षा ३ सम्म पढाइ हुने ६ वटा बिद्यालय छन,  ति बिद्यालयमा सुपरीबेक्षकको आवस्यकता परेन” नगर प्रबक्ता एवम नगर शिक्षा समितीका संयोजक लोक बहादुर भण्डारीले भन्नुभयो, “बाकी कक्षा १ देखि ८ सम्म पढाइ हुने बिद्यालयका लागि सुपरी बेक्षकको रुपमा खटाए छौ” । कक्षा ५ र कक्षा ८ को परीक्षाको उत्तर पुस्तीका नगरपामलिकाले जाँच्ने भएकाले सुपरीबेक्षण खाटाएर कडाइ गरीएको उहाले बताउनुभयो । 

नगरपालिकामा रहेका सामुदायिक बिद्यालयमा नै अध्यापन गराउने शिक्षकहरुलाई नै सुपरीबेक्षकको रुपमा खटाइएको छ । कनै सम्बन्धित बिद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई अर्काे बिद्यालयमा सुपरीबेक्षकको रुपमा खटाइएको सिक्षा समिती सदस्य धन बहादुर महराले जानकारी दिए ।  

परीक्षालाई मर्यादित र ब्यवस्थीत रुपमा सञ्चालन गर्नको लागि ५८ वटा सुपरीबेक्षक खटाए सँगै थप अनुगमन गर्नको लागि ६ जाना परीक्षा समितीका पदादीकारी सहित १० वटै वडाका वडाअध्यक्षहरु अनुगमनकर्ताको रुपमा रहने परीक्षा समितीका सदस्य महराले जानकारी दिए ।

परीक्षा सञ्चालनमा केन्द्रध्यक्षको रुपमा सम्बन्धित बिद्यालयका प्रद्यानाध्यापकलाई जिम्मेवारी दिइएको छ । परीक्षा सम्पन्न गरीसकेपछि  कक्षा ५ र ८ को उत्तरपुस्तीका सम्बन्धित बिद्यालयले नगरपालिकामा पठाउनुपर्नेछ । तत्पाश्चात नगरपालिकाले कक्षा ५ र ८ को उत्तर पुस्तीका चेक जाँच गरी परीक्षाफल तयार पार्नेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले