2026-10-05 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा भएको आगलागीमा ६ घर ध्वस्त,

कमल घिमिरे।चैत्र ३।पाँचथर,  पाँचथर को हिलिहाङ गाउँपालिका मा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्।
 शनिबार  दिनको १:३०बजे  हिलिहाङ गाउपालिका वडा नं.३ ढोडेटोल स्थित रातेभिरमा आगलागी हुँदा रातेभिर नजिकै रहेको ६ घर जलेर नष्ट भएको हो । आगलागीबाट स्थानीय वेदमाया पौडेल ,मन प्रसाद पालुङवा लिम्बु, राज कुमार पालुङवा लिम्बु, डम्बर बहादुर पालुवा लिम्बु र हर्क बहादुर लिम्बुको घर जलेर नष्ट भएको हो।
   जिल्ला प्रहरी कार्यालय पाँचथर, ईलाका प्रहरी कार्यालय अमरपुर, प्रहरी चौकी गोपेटार बाट खटिएको प्रहरी टोली, नेपाली सेना, सशस्त्र  प्रहरी बल  तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो। 
 भिरमा लागेको आगोलाई नियन्त्रण लिदा लिदै हावाको वेगले एक्कासी घरमा आगो प्रबेश गरेको प्रहरी चौकी गोपेटारको ईन्चार्ज प्रहरी सहायक निरीक्षक शान्तराज पौडेलले बताएका छन् ।
आगलागीमा घर भित्र रहेका सरसामनहरु सबै जलेर नष्ट हुँदा अन्दाजी ४१ लाख मुल्य बरावरको क्षति भएको पाँचथर प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर