Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विप्लवको कार्यकर्ता भन्दै प्रहरीद्वारा निर्घात कुटपिट

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कमल घिमिरे।चैत्र५।पाँचथर</b>, पाँचथरको फिदिममा विप्लवको कार्यकर्ता भन्दै स्थानीयवासि र ड्राइभरलाई प्रहरीले निर्घात कुटपिट गरेको छ।<br>
&nbsp;फिदिम नगरपालिका वडा नं.१ बाट वडा नं. ११ नांगिन तर्फ चाउचाउ बोकेर जाँदै गरेको कञ्चनजङ्घा इन्टरप्राइजेजको गाडिको चालक र सहचालकलाई प्रहरीले कुटपिट गरेको हो । पिपलबोटे उकालो बाटोमा प्रहरीले गाडि रोकेपछि गाडि मास्तिर तेर्सो बाटोमा रोक्दा प्रहरीले कुटपिट गरेको बताइएको छ । स्थानीय दिपक फुयेललाई पनि प्रहरीले कुटपिट गरेको छ। डिलरको गाडी हो विप्लवका कार्यकर्ता होइनन् भनेर सम्झाउदा फुयेललाइ पनि प्रहरीले कुटपिट गरेको पिडित बताउँछन् । <br>
प्रहरी हवल्दार टिका बहादुर बस्नेत को नेतृत्वमा रहेको ३ जना प्रहरी भएर गाडिको चालक भिम वि.क. , सह चालक जिवन लावर र स्थानीयवासि दिपक फुयेललाई घुडा टेकाएर ज्याकेट फुकालेर बन्दुक देखाउँदै कुटेको पिडितको भनाइ छ । पिडितको शरिरका विभिन्न भागमा घाउ र निलडाम रहेको छ।&nbsp; स्थानीयवासिन्दाले घटनाको जानकारी जिल्ला प्रहरी कार्यालयमा दिएपछि&nbsp; पिडित र कुटपिट गर्ने प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानको लागि ल्याइएको छ। छानबिन गरि दोषीलाई कानुन बमोजिम कारबाही गरिने पाँचथर प्रहरीले जनाएको छ।<br></p>