२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हाडे रोगको प्रकोप बढ्यो

७ चैत्र २०७५, बिहीबार ०६:२१

चैत ७, सोलुखुम्बु (रासस) | सल्लेरीका जाङ्बु शेर्पाकी चार वर्षकी छोरी डोमा शेर्पालाई केही दिन अगाडि मम्सअर्थात् हाडे रोगले सतायो । डोमालाई जस्तै माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कूल एलकेजीमा पढ्दै गरेका आङफुरी तामाङलाई पनि उस्तै पीडा भयो । 

डोमा र आङफुरीलाई मात्र होइन सल्लेरी वसन्त बजार क्षेत्रका अन्य थुप्रै केटाकेटीदेखि युवायुवतीलाई समेत यसको सङ्क्रमण देखियो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले विद्यार्थी र शिक्षकमा समेत यसको सङ्क्रमण पाइएको माउण्ट एभरेष्ट बोर्डिङ स्कूलका शिक्षक सिर्जना राईको भनाइ छ । 

सल्लेरीको वसन्त बजारसहित जिल्लाको विभिन्न क्षेत्रमा अहिले यसको प्रकोप बढेको स्वास्थ्यकर्मीको भनाइ छ । कतिपय बिरामी स्वास्थ्य चौकी जाने गरेको भए पनि कतिपय बिरामी घरेलु उपचार गराएर बस्ने गरेका छन् । 

अस्पतालमा पुग्ने अधिकांश बिरामीमध्ये मम्स सङ्क्रमित पनि रहेको जिल्ला अस्पताल फाप्लुका डाक्टर कमला सञ्जेलले बताउनुभयो । उहाँका अनुसार यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले सङ्क्रमण फैलिएको हो । 

विद्यार्थीमा अलि धेरै यसको सङ्क्रमण पाइएको छ । सल्लेरीस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलका दर्जनौँ बढी विद्यार्थीमा यो रोग लाग्दा पढाइसमेत प्रभावित हुनेगरेको छ । बिरामी भएपछि कम्तीमा एक हप्ता आराम गर्नुपर्ने हुँदा पढाइ प्रभावित हुने गरेको सोही विद्यालयका शिक्षक दलमाया राईको भनाइ छ । 

मम्सअर्थात् हाडेरोग लाग्दा मानिसको कञ्चट र गालामा गलगाँठजस्तो आउने, धेरै दुख्ने, ज्वरो आउने, अन्नपानी खान वा निल्न गाह्रो हुने र दुखाइले गर्दा मानिसलाई रातभरि सुत्न नसक्नेलगायतको लक्षण देखिने सोलु अस्पताल फाप्लुका डाक्टर कमला सञ्जेलको भनाइ छ । 

स्वास्थ्यकर्मीका अनुसार प्रचण्ड गर्मीका समयमा अचानक अत्यधिक चिसो पदार्थ खानाले टन्सिल भएमा, धेरै पटक नुहाउनाले शरीरको भित्री भाग चिसिएमा, श्वासप्रश्वास प्रणालीमा रोकावट आएमा र शरीरमा भिटामिन ‘सी’ को कमी भएमा मानिस हाडे रोगको शिकार हुन पुग्छ । 

उचित औषधोपचार र रेखदेख गरेपछि पाँच÷सात दिनपछि हाडेरोग नियन्त्रणमा आउने स्वास्थ्यकर्मीले बताएका छन् । यो रोगको लागि कुनै बेग्लै उपचारविधि छैन । यसको असर कम गर्न आराम गर्ने, प्रशस्त झोल पदार्थ पिउने, दुखाइ सहन नसकिए औषधि खाने, मनतातो पानीले सेक्ने वा मुख कुल्ला गर्ने, धेरै चपाउन पर्ने खानेकुरा नखाने, समस्या ठीक नभए वा बल्झिँदै गए स्वास्थ्य संस्था जानुपर्ने चिकित्सकको सुझाव छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान