१९ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फाप्लुमा विमानको चाप बढ्यो

१४ चैत्र २०७५, बिहीबार ०८:५१

चैत १४, सोलुखुम्बु (रासस) | जिल्लाको फाप्लु विमानस्थलमा विमानको चाप बढेको छ । मौसम प्रतिकूलताका कारण तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि आएका विमानसमेत ‘डाइभर्ट’ भई फाप्लु आउने गरेकाले यहाँ विमानको चाप बढेको हो । 

करीब चार दिनदेखि खुम्बुको मौसममा खराबी आउँदा लुक्ला जाने विमान पनि फाप्लुमा अवतरण भएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ । नियमितरूपमा तीनदेखि चार वटा मात्र विमान आवतजावत हुने फाप्लु विमानस्थलमा हाल १२ देखि १५ विमान अवतरण हुने गरेको छ । बुधबार मात्रै १२ विमानले उडान गरेका छन् । मौसममा आएको परिवर्तनले लुक्लाका लागि उडेका विमान फाप्लुमा अवतरण गर्नुपरेको फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो । फाप्लु ओर्लेका यात्रुलाई हावाको गति कम भएको समयमा लुक्ला पु¥याउने कार्य भएकोसमेत उहाँको भनाइ छ । 

बिहान लुक्ला विमानस्थलमा हिउँको थुप्रो लाग्ने र दिउँसो हावाको तीव्रता बढेकाले फाप्लुमा अवतरण गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले बताउनुभयोे । मौसम प्रतिकूलता भएपनि बुधबार लुक्ला विमानस्थलमा ४० वटा उडान भएको उहाँको भनाइ छ । अहिले हिमाल आरोहणको ‘सिजन’ शुरु भएकाले अधिकांश उडानबाट पर्यटक तथा हिमाल आरोही एवं सामग्री आउने गरेका छन् । खुम्बु क्षेत्रमा आरोहणको समय भएकाले लुक्लामा हवाई उडानको चाप बढेको बताइएको छ । लुक्लाको विकल्पमा सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थल प्रयोग गर्ने गरिएको छ । 

फाप्लु विमानस्थलमा अवतरण गराइएका केही पर्यटक गाडीमार्फत खुम्बुपासाङल्हामु गाउँपालिका–१ खरिखोलासम्म जीपमार्फत जाने गरेका छन् । खरिखोलादेखि नेपालीका लागि एक र विदेशीका लागि दुई ‘क्याम्प’मा लुक्ला पुग्न सकिने दलित समुदायका तर्फबाट पहिलो सगरमाथा आरोही विजय घिमिरे विश्वकर्माले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष प्रचण्डलाई गरियो गणतन्त्र नायक सम्मानबाट सम्मानित रोजगारीका लागि कात्तिक महिनामै विदेशिए ७० हजारभन्दा बढी नेपाली लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको कृतिमानी लक्ष्य लुम्बिनीको सातौ विकेट पतन, सन्दीपले लिए लगातार दोस्रो विकेट प्राधिकरणमा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक थियो : मन्त्री खड्का मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते लुम्बिनीको चौथो विकेट पतन देशव्यापी खोप अभियान पाठेघर क्यान्सरबिरुद्ध लड्ने महत्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल लुम्बिनी लाइन्सले ११ ओभरमा जोड्यो १०० रन नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर काठमाडौंमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न लुम्बिनीलाई पहिलो झट्का! नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश विराटनगरले जित्यो टस, लुम्बिनीलाई दियो ब्याटिङको निम्तो चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप, पानीको फोहोरा र अश्रु ग्यास प्रहार काठमाडौंले हरायो कर्णालीलाई, काठमाडौँको पहिलो जित काठमाडौंको पाँचौं विकेट पतन, जितका लागि ३ ओभरमा ३६ रन आवस्यक ९ महिनापछि खुल्यो आईपीओ, वैदेशिक रोजगारमा रहेकालाई गार्डियन माइक्रोलाइफको अवसर काठमाडौं गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर बनायो ५२ रन