६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगार संयोजकको सर्ट लिष्ट सार्वजनिक, कम्प्युटर परीक्षा चैत २३ गते काठमाण्डौमा

१५ चैत्र २०७५, शुक्रबार ११:५४

चैत १५, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दोस्रो पटक माग गरिएको रोजगार संयोजकका लागि लिइएका आवेदनबाट प्रारम्भिक सूची सार्वजनिक गरेको छ । 

२ सय ६८ जना संयोजकका लागि ९ हजार ८ सय ७४ जनाको आवेदन परेको थियो । आवेदन परेका मध्येबाट योग्यता र अनुभवका आधारमा प्रारम्भिक सूचीमा परेका प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको श्रम मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा ६६ जना शाखा अधिकृतका लागि १ हजार ३ सय ८७ जनाको आवेदन परेकोमा पहिलो चरणमा १ सय ९८ जना छनोटमा परेका छन् । यस्तै ५ जना नायब सुब्बाका लागि ८ सय ७२ जनाको आवेदन परेकोमा १५ जना छनोटमा परेका छन् । 

प्रदेश २ मा ४५ जना शाखा अधिकृत माग गरिएकोमा १ हजार ४ सय २२ जनाको आवेदन परेको थियो । त्यसमध्येबाट १ सय ३५ जना पहिलो चरणमा छनोट भएका छन् । 

प्रदेश ३ मा ३३ जना शाखा अधिकृतका लागि १ हजार ६ सय २० जनाको आवेदन परेको थियो । आवेदकहरु मध्येबाट ९९ जनालाई छनोट गरिएको छ भने ३ जना नायब सुब्बाका लागि ५०० जनाको आवेदन परेकोमा ९ जना छनोटमा परेका छन् । 

गण्डकी प्रदेशका लागि १४ जना शाखा अधिकृत माग गरिएकोमा ४ सय ७८ जनाले आवेदन दिएका थिए । तीमध्ये ४२ जना पहिलो चरणबाट छनोट भएका छन् । यस्तै एक जना नायब सुब्बाका लागि १ सय ५४ जनाले आवेदन दिएकोमा ३ जनालाई छनोट गरिएको छ । 

कर्णाली प्रदेशका लागि अधिकृत ४३ जना माग गरिएकोमा ७६२ जनाले आवेदन दिएका थिए ति मध्ये १२९ जना छनौटमा परेका छन् । त्यस्तै नायव सुब्बा तर्फ ११ जना माग गरिएकोमा ११ सय ३५ जनाले आवेदन दिएका थिए ति मध्ये ३३ जनाको नाम पहिलो चरणमा छनौट गरिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा ५१ जना शाखा अधिकृत माग गरिएकोमा १ हजार ३ सय २ जनाको आवेदन मध्येबाट १ सय ५३ जनाको सूची सार्वजनिक गरिएको छ । यस्तै एक जना नायब सुब्बाको पदका लागि २ सय ४२ जनाले आवेदन दिएकोमा ३ जना पहिलो चरणबाट छनोटमा परेका छन् । 

प्रारम्भिक छनोटमा पर्नेहरुको चैत २३ गते काठमाण्डौमा कम्प्युटरबाट परीक्षा लिइने मन्त्रालयले जनाएको छ । 

पहिलो चरणको छनोट सूचीमा परेकाहरुको नामावली हेर्नुहोस । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या