२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँची र प्युठानका सुरक्षा अधिकारीको बैठक ढाकावाङ्गमा सम्पन्न

१६ चैत्र २०७५, शनिबार १५:१२

चैत १६, सन्धिखर्क । सिमा क्षेत्रमा बिभिन्न समुहबाट हुन सक्ने अपराधीक र गैर कानुनी क्रियाकलाप नियन्त्रण गर्न अर्घाखाँची र प्युठान जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक अर्घाखाँचीको ढाकावाङ्गमा सम्पन्न भएको छ । 

दुइ जिल्लाको सिमा क्षेत्रमा हुने अपराधीक कृयाकलाप नियन्त्रण गर्नकालागि प्युठान जिल्लाको सिमानामा रहेको ढाकाबांग प्रहरी चौकीमा दुइ जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले बताए । 

नेकपा बिप्लव समूहवाट हुनसक्ने गैरकानी क्रियाकलाप नियन्त्रण र कारबाही, बर्तमान समसामयिक शान्ति सुरक्षा, अपराध अनुसन्धान, विपद ब्यबस्थापन लगायतका विषयमा  संयुक्त सुरक्षा बैठक सम्पन्न भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक नवराज मल्लले बताए । 


दुइ जिल्लाको सिमाबाट हुने अपराधीक गतिविधि नियन्त्रण र दुइ जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले बनाउने योजनाका विषयमा पनि बैठकमा छलफल भएको थियो । द्धन्द्धको समयमा अर्घाखाँची दुइ दुइ पटक सम्म आक्रमणमा परेको थियो । 

बैठकमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने, प्युठानका प्रमुख जिल्ला अधिकारी बुद्धिनाथ गैरे, अर्घाखाँचीका प्रहरी प्रमुख नवराज मल्ल, प्युठानका प्रहरी प्रमुख निर्मल बुढाथोकी, अर्घाखाँचीका सेना प्रमुख निरज भण्डारी, प्युठानका सेना प्रमुख निरजराज पाण्डे, प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञेश्वर पन्थी, अर्घाखाँचीका सप्रजिअ विक्रम थापा लगायतको उपस्थिति रहेको थियो । 

यस भन्दा अघि गुल्मी र दांग जिल्लाका सुरक्षा अधिकारीहरु संग पनि बैठक सम्पन्न भैसकेको प्रमुख जिल्ला अधिकारी लामीछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह