2026-09-19 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँची र प्युठानका सुरक्षा अधिकारीको बैठक ढाकावाङ्गमा सम्पन्न

चैत १६, सन्धिखर्क । सिमा क्षेत्रमा बिभिन्न समुहबाट हुन सक्ने अपराधीक र गैर कानुनी क्रियाकलाप नियन्त्रण गर्न अर्घाखाँची र प्युठान जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक अर्घाखाँचीको ढाकावाङ्गमा सम्पन्न भएको छ । 

दुइ जिल्लाको सिमा क्षेत्रमा हुने अपराधीक कृयाकलाप नियन्त्रण गर्नकालागि प्युठान जिल्लाको सिमानामा रहेको ढाकाबांग प्रहरी चौकीमा दुइ जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले बताए । 

नेकपा बिप्लव समूहवाट हुनसक्ने गैरकानी क्रियाकलाप नियन्त्रण र कारबाही, बर्तमान समसामयिक शान्ति सुरक्षा, अपराध अनुसन्धान, विपद ब्यबस्थापन लगायतका विषयमा  संयुक्त सुरक्षा बैठक सम्पन्न भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक नवराज मल्लले बताए । 

दुइ जिल्लाको सिमाबाट हुने अपराधीक गतिविधि नियन्त्रण र दुइ जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले बनाउने योजनाका विषयमा पनि बैठकमा छलफल भएको थियो । द्धन्द्धको समयमा अर्घाखाँची दुइ दुइ पटक सम्म आक्रमणमा परेको थियो । 

बैठकमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने, प्युठानका प्रमुख जिल्ला अधिकारी बुद्धिनाथ गैरे, अर्घाखाँचीका प्रहरी प्रमुख नवराज मल्ल, प्युठानका प्रहरी प्रमुख निर्मल बुढाथोकी, अर्घाखाँचीका सेना प्रमुख निरज भण्डारी, प्युठानका सेना प्रमुख निरजराज पाण्डे, प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञेश्वर पन्थी, अर्घाखाँचीका सप्रजिअ विक्रम थापा लगायतको उपस्थिति रहेको थियो । 

यस भन्दा अघि गुल्मी र दांग जिल्लाका सुरक्षा अधिकारीहरु संग पनि बैठक सम्पन्न भैसकेको प्रमुख जिल्ला अधिकारी लामीछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई