२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगा दुर्घटना अपडेट: ज्यान गुमाएका सबैको सनाखत (नामावलीसहित)

१७ चैत्र २०७५, आईतवार १०:३९

चैत १७, ओखलढुङ्गा | ओखलढुङ्गामा स्कार्पिओ जीप दुर्घटनामा ज्यान गुमाएका सबै ६ जनाको सनाखत भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी नजीकै भडारे खोलामा स्कार्पियो दुर्घटनामा ज्यान गुमाउनेमा ताप्लेजुङ, ओलाङ्चुङ्गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा तथा काठमाडाँै बौद्धका ४० वर्षीय ङवाङसेर्तुङ शेर्पा, ३५ वर्षीय नोर्बु शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार ज्यान गुमाएकामध्ये चार पुरुष र दुई महिला छन् । 

सोलुखुम्बुको जुनबँेसी गुम्बाबाट पूजापाठ गरेर काठमाडाँै फर्कंदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को जीप दुर्घटनामा परेको थियो । जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो । दुर्घटनामा परी चालक कृष्ण श्रेष्ठसहित तीन जना गम्भीर घाइते भएका छन् । घाइतेको उदयपुरको घुर्मीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ