Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

१३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत २०, फिदिम । १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।<br></p><p>कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मङ्गलबार पक्राउ परेका हुन् । विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुर्व्यवहार गरेको पीडितले बयान दिएकी छन् ।&nbsp;</p><p>बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुर्व्यवहार प्रयास गरेको पीडित आफन्तले प्रहरीमा उजुरी दिएपछि चौधरीलाई मङ्गलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।&nbsp; &nbsp;</p>