चैत २५, काठमाडौं | सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
आज छापावाल सुनको भाउ प्रतितोला २ सयले बढेर ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि आइतबार सुन तोलमा ५९ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ७ सयमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।