२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माछापुच्छ्रे बैंकको ‘रेमिट्याप’ डिजिटल वालेटबाटै रेमिट्यान्स पठाउन सकिने

२०७५, २५ चैत्र सोमबार १३:३५

चैत्र २५, काठमाडौं। माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच रेमिटेन्स सेवा सम्वन्धि समझदारी भएको छ। विदेशबाट रेमिटेन्स पठाउने नेपालीहरुका साथै बैंकका ग्राहकलगायत सम्पूर्णका लागि त्रिपक्षीय समझदारी भएको हो।

‘रेमिट्याप’ मोबाइल वालेट सेवा सम्बन्धी त्रि–पक्षीय सम्झौता भए अनुरुप सोमबार आयोजित प्रेस सम्मेलनका बिच ‘रेमिट्याप’ मोबाईल वालेट सेवाको आारम्भ गरेको हो । यो नेपालमा सुरु गरिएको पहिलो ३६० डिग्री ई–रेमिट्यान्स, ई–पेमेन्ट माध्यम हो जसको प्रयोग गरी छिटो, सस्तो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिने बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले ‘रेमिट्याप’ वालेटबाट विशेष गरी विदेशमा रहनु भएका नेपालीहरु लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको बताए । साथै, वालेटमा विविध सुविधाहरु रहेको र अनलाईन, मर्चेन्ट भुक्तानी, आदि जस्ता सेवाहरु ‘रेमिकार्ड’ (इन्किृप्टेड भर्चुअल मनी कार्ड) मार्फत गर्न सकिने प्रविधि समेत रहेको जानकारी दिए ।

त्यसै गरी ए.एम.भी. टेल कम्पनीका प्रबन्ध निर्देशक अनिल शर्माले हाल प्रयोगमा आउने रेमिट्यान्स पठाउने माध्यमहरुमा बढी समय र खर्च लाग्ने भएकाले विदेशमा रहनु भएका नेपालीहरुले सहज र सस्तो मूल्यमै तुरन्त नेपालका आफ्ना परिवारजनहरुको बैंककै खाता/वालेटमा आउने गरी पैसा पठाउन मिल्ने सुविधा रहेको र नेपालको १० हजार ठाउँबाट रकम झिक्नसकिने व्यवस्था समेत रहेको बताए ।

यस सेवाको सुभारम्भ सँगै माछापुच्छ्रे बैंकका ग्राहक एवं सर्वसाधरणले ‘रेमिट्याप’ वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिट्यान्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिट्यान्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन् । बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् ।

यस ‘रेमिट्याप’, आईओएस तथा एन्ड्रोएड दवै अपरेटीङ सिस्टममा उपलब्ध भएको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ