६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आइएमई जनरल इन्स्योरेन्स नयाँ योजना, ८६० रुपैयाँ तिरेपछि विद्यार्थी र अभिभावकको बीमा हुने

२७ चैत्र २०७५, बुधबार १६:२०

चैत्र २७, काठमाडौं। आइएमई जनरल इन्स्योरेन्सले विद्यार्थीलाई लक्षित गरेर आइजिआई विद्यार्थी बीमा पोलिसी ल्याएको छ। कम्पनीका संचालन प्रतापजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थिलाई लक्षित उक्त बीमालेख सार्वजनिक गरेका हुन्  ।

उक्त बीमालेखका लागि भ्याटबाहेक बार्षिक ८ सय ६० रुपैयाँ प्रिमियम तिर्नुपर्ने कम्पनीले  जानकारी दिएको छ । यो पोलिसीले आमा र बुबालाई समेत सुरक्षा दिने कम्पनीको दाबी गरेको छ। विद्यार्थीलाई २४ सै घण्टा सुरक्षा दिने भएकोले दुर्घटनाबाट पर्न जाने आर्थिक भारबाट अभिभावक र विद्यालय मुक्त हुने कम्पनीको दाबी छ। कम्पनीका अनुसार बीमित विद्यार्थीको दुर्घटनाको कारणबाट मृत्यु भएमा १० लाख रुपैयाँ तथा विद्यार्थीको आमा वा बाबु मध्ये कुनै एक जनाको हकमा बीमा अवधिभर पाँच लाख बीमांक कायम गरिएको छ।

कम्पनीका अनुसार स्थायी पूर्ण अशक्तता भएमा, बीमित विद्यार्थीको हकमा बीमांक रकमको तीन लाख तथा विद्यार्थीको आमा वा बाबुको हकमा बीमांक रकमको शतप्रतिशत पाँच लाख रुपैयाँको जोखिम वहन गर्नेछ। अंगभंग भएमा बीमित विद्यार्थीको हकमा बीमांक रकमको शतप्रतिशत  एक लाख रुपैयाँसम्म तथा आमा वा बाबुको हकमा अढाई लाख रुपैयाँसम्म जोखिम बहन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अस्थायी पूर्ण अशक्तता भएमा विमित विद्यार्थीको हकमा विद्यालयको मासिक शैक्षिक शुल्क वापत प्रति महिना अधिकतम १० हजार रुपैयाँ नबढ्ने गरी २ महिनासम्मको शुल्क भुक्तानी गरिनेछ। कम्पनीले दुर्घटनाको कारणले औषधोपचार गर्नु परेमा विमित विद्यार्थीको हकमा बीमांक रकमको २५ हजार रुपैयाँ सम्मको औषधोपचार सुविधा कायम गरिएको जनाएको छ। कम्पनीका अनुसार विमित विद्यार्थीको हकमा बिरामी भई अस्पतालमा भर्ना हुनु परेको अवस्थामा बीमांक रकम पचास हजार रुपैयाँ र अस्पतालको शैया दैनिक दुई हजार रुपैयाँसम्म हुनेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या