Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको प्रश्न- ‘एमाले र माओवादी केन्द्र मिल्छ भन्ने कुरा ज्योतिषिले किन थाहा पाएनन् ?’

२०७६, ९ बैशाख सोमबार १०:३५

वैशाख ९, काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको बजेटमार्फत बृद्ध भत्ता बढाउने घोषणा गरेका छन् ।

सोमबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले केही गरेन भन्नेहरुलाई काम गरेरै जवाफ दिने बताए । उनले आफ्नो नेतृत्वको सरकारले गतवर्ष बृद्धभत्रा बढाउन आर्थिक अवस्था नरहेकाले यस वर्ष बढाउने घोषणा गरे । 


प्रधानमन्त्री ओलीले सानातिना कुरामा आफ्ना पालामा केही कमी कमजोरी भए पनि देश विकासमा सरकार लागेको बताए  । 

कतिपयले नेकपा आजै फुट्यो, भोलि नै फुट्छ भनेर हल्ला फैलाए पनि फुट्ने गरी पार्टी एकता नभएको पनि प्रष्ट पारे । उनले व्यंग्यात्मक शैलीमा भने‘यो महिना टुक्रिन्छ, त्यो महिना टुक्रिन्छ भनेर अहिले त ज्योतिषिले पनि भन्न थालेका छन् । एमाले र माओवादी केन्द्र मिल्छ भनेर ज्योतिषिले किन थाहा पाएनन् । मिल्छ भन्ने कुरा पनि त भन्नुपर्यो नि ज्योतिषिले ।’

प्रधानमन्त्री ओलीले पार्टी एकतामा प्रचण्डकाे भूमिका निकै नै उल्लेख्य रहेकाे बताए । प्रचण्डको 'बाेल्ड'  निर्णयले नै दुई पार्टी एक ठाउँमा आइपुगेकाे बताए ।

त्यस्तै कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर अगाडि हिँडेको देख्दा आफूलाई अचम्म लागेको पनि ओलीले बताए । 'यदि कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक र प्रगतिशील शक्तिसँग एकता गर्नुपर्छ' ओलीले भने  ।

साथै उहाँले देशमा पृथकतावादी आन्दोलन गरेकालाई मूलधारको राजनीतिमा ल्याएको बताउनुभयो । पृथकतावाद समाप्त हुनु देशका लागि खुशीको कुरा भएको बताउनुभयो । केही मान्छे भने पृथकतावादी आन्दोलन सकिएकाले केमा खेल्ने भनेर चिन्ता गरिरहेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना