२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

श्रमिकका लागि श्रमिक दिवस नै ‘खल्लो’

१८ बैशाख २०७६, बुधबार १५:२३

बैशाख १८, इलाम । आज १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर धुमाधामसँग मनाइयो । चिया श्रमिकका लागि भने आफ्नै दिवस पनि खल्लो भएको छ । श्रमिक पारिश्रमिककै लागि एक महीना यता आन्दोलनमा छन् । 

सरकारी चिया बगान र कारखानाका श्रमिकले सरकारले तोके बमोजिमको ज्याला नदिएको भन्दै चिया श्रमिक आन्दोलनमा नै उत्रिएका हुन् । 

आन्दोलनलकै कारण श्रमिकले आज सामान्य तरिकाले मात्र दिवश मनाए । दिवसको अवसरमा चिया श्रमिकले सामान्य अन्तक्र्रिया कार्यक्रम मात्रै गरेका छन् । 

चिया श्रमिक तथा अखिल नेपाल चिया मजदूर सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश रेग्मीले ज्यालाको माग पूरा नभएपछि दिवसमा समेत ज्यालाकै बारेमा छलफल भएको बताए । 

‘खासै हर्षोल्लासका साथ दिवस मनाइएन । तोकिएकै ज्याला नपाएपछि श्रमिक दिवस मनाउनुको औचित्य छैन’, रेग्मीले गएका वर्षका श्रमिक दिवसलाई सम्झदै भने, ‘हामी ¥याली तथा अन्य विभिन्न कार्यक्रम गरेर दिवस मनाउथ्यौँ तर यो वर्ष खास केही गरिएन ।’

सरकारले जारी गरेको ज्याला नपाएपछि काम नै छाडेर मजदूर आन्दोलनमा होमिएका हुन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलनमै रहने चेतावनीसमेत दिइरहेका छन् । 

‘हामीले ज्यालाकै मुद्दालाई लिएर चिया दिवस पनि मनाएनौँ । किनकि हामीलाई श्रमिकका रूपमा हेरिएकै छैन । त्यसैले चिया दिवसको अवसरमा पनि विरोध ¥याली निकाल्यौँ’, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ इलामका अध्यक्ष रमेश खड्काले भने, ‘हामीले अरू माग राखेकै होइन । सरकारले तोकेको ज्याला पाउँ । त्यसपछि हामी काममा फर्कन्छौँ ।’

सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम दैनिक ज्याला रु ३८५ तोके पनि श्रमिकले रु २६५ देखि रु ३०८ सम्म मात्र पाउँदै आएका थिए । 

उद्योगमा काम गर्ने श्रमिकलाई दैनिक रु ४२ थपेर रु ४२७ ज्याला तोकिएको छ । राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला रु ६ हजार ४६९ र मङ्गी भत्ता रु चार हजार ३८१ तोकिएको छ । 

यो कुनै प्रावधान कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐनसमेत कार्यान्वयनमा ल्याउन माग राखिएको छ । 

अहिले इलामका सरकारी स्वामित्वका चिया बगान इलाम चिया बगान, चिलिमकोट चिया बगान, कन्याम चिया बगान र सोक्तिम चिया बगानका श्रमिक काम नै ठप्प पारेर आन्दोलनमा छन् भने झापाका टोकला चिया बगान, बर्ने चिया बगान र बाह्रदशी चिया बगानका श्रमिक पनि काम छाडेर हड्तालमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य