२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाइँदै

२०७६, ३० बैशाख सोमबार १५:२६

वैशाख ३०, कालीकोट । माओवादी सशस्त्र द्वन्द्वको अन्तिम तथा सबैभन्दा बढी क्षति भएको भिडन्तलाई स्मरण गर्दै पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाउन लागिएको छ । यसका लागि कालीकोटको खाँडाचक्र नगरपालिकाले भौतिक संरचना निर्माण गर्न थालेको छ । पिपी खाँडाचक्र नगरपालिका–७ मा पर्छ । पिलीमा २३ साउन, ०६२ मा राज्य र विद्रोही पक्षबीच भिडन्त भएको थियो । यो भिडन्तमा एक सय तीनजनाको ज्यान गएको थियो ।

जसमा तत्कालीन शाही सेनाका ६२, माओवादी सेनाका २८ र कर्णाली राजमार्ग निर्माणमा संलग्न १३ श्रमिकको मृत्यु भएको थियो । अन्यको यकिन तथ्यांक भए पनि माओवादी सेनाका बारेमा भने केही विवरण छैन ।  कर्णाली  राजमार्ग निर्माणका लागि त्यही वैशाखमा सेनाको सडक निर्माण कार्यदल राखिएको थियो । माओवादीले त्यसमाथि नै आक्रमण गरेका थिए । ‘माओवादी र तत्कालीन शाही सेनाको सबैभन्दा ठूलो युद्ध यही भएको हो,’ कर्णाली विकास आयोगमा पूर्वसदस्य कृष्णप्रसाद आचार्यले भने, ‘जुन अन्तिम युद्ध थियो । त्यसपछि माओवादी र सात दलबीच १२ बुँदे सहमति हुँदै शान्ति प्रक्रिया सुरु भएको थियो ।’

त्यही घटनाको स्मरण गर्दै पिलीलाई युद्ध पर्यटकीयस्थलका रूपमा विकास गर्न थालिएको कर्णाली विकास आयोगमा पूर्वसदस्य आचार्यले बताए । ‘सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी मानवीय क्षति भएको पिली घटनामै हो । यसलाई प्रतिकात्मक रूपमा युद्ध पर्यटन क्षेत्रका रूपमा विकास गर्न खोज्दैछौँ ।’ कर्णाली प्रदेशले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत पिली युद्ध पर्यटकीय क्षेत्र बनाउन संरचना निर्माण सुरु गरेको हो ।


अहिले युद्ध संग्रहालय, सहिद स्मृति भवन र होमस्टे निर्माण गरिनेछ । संग्रहालय बनाउन ४० लाख, सहिद स्मृति भवन बनाउन ६० लाख र होमस्टे बनाउन ५० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालय प्राविधिक लवराज शाहीले बताए । यही आर्थिक वर्षभित्र संरचना निर्माण गरिने उनले बताए । दुवै पक्षका कमान्डरसहित युद्धमा ज्यान गुमाएका सबैको सालिक बनाउने, प्रयोग भएका हतियार, उपकरण संकलन गरेर संग्रहालय बनाउने योजना रहेको पिली युद्ध पर्यटन क्षेत्रका अध्यक्ष पुत्रबहादुर मल्लले बताए । पिली घटनामा ज्यान गुमाउने सबैकोे तस्बिर, प्रयोग भएका हतियार र उपकरण संकलन गरिने उनले बताए ।

स्थानीय बासिन्दाले पनि सक्रियता देखाएकाले सरकारले पनि जोड दिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले बताए । युद्ध संग्रालयमा पिली भिडन्तमा प्रयोग भएका हतियार पनि राख्ने तयारी गरिएको उनले बताए । पर्यटकका लागि पनि यो आकर्षक गन्तव्य हुने जिल्ला समन्वय समितिका सदस्य अनिल मल्लले बताए । ‘कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगुको राराताल घुम्न जाने बाटोमै पर्ने भएकाले पर्यटकलाई घुमाउन सजिलो हुनेछ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ