२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको शेयर बजार: पाँच अर्बको कारोवार

२०७६, ४ जेष्ठ शनिबार १०:२४

जेठ ४, काठमाडौँ | शेयर बजारमा सुधार हुने क्रम यस साता पनि जारी रह्यो । साताको शुरुआतदेखि नै  उकालो लागेको बजार  अन्तिम दिन भने सामान्य अङ्कले ओरालो लाग्यो । 

यस साता करीब रु पाँच अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचकसमेत २३.६८ विन्दुले बढेको छ । 

स्टकका अनुसार कूल एक करोड ५२ लाख ६३ हजार ७४९ किक्ता शेयर रु चार अर्ब ९४ करोड ९३ लाख ४१ हजार ९६१ मूल्यमा खरीद बित्री भएका छन् ।  कारोवार हुने साताको पाँच दिनमध्ये चार दिन बजारमा वृद्धि भएको थियो भने अन्तिम दिन भने सामान्य अङ्कले घटेको थियो । 

साताको पहिलो दिन नेप्सेमा आइतबार सामान्य सुधार आएको थियो । कारोवार मापक नेप्से परिसूचक ३.०७ विन्दुले बढेर एक हजार २९५.०३ विन्दुमा पुग्यो । आइतबार कूल १७१ कम्पनीको २६ लाख ६९ हजार ५९ किक्ता शेयर रु ८४ करोड ७६ लाख ९९ हजार ६६१ मूल्यमा खरीद बित्री भए । 

त्यस्तै सोमबार नेप्से परिसूचक ६.३० विन्दुले बढेर एक हजार ३०१.३४ मा पुग्यो ।  ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ विन्दुले बढेर २७८.२४ उक्लियो । कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ किक्ता शेयर रु ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बित्री भए । 

त्यस्तै मङ्गलबार कारोवार सूचक १४.१२ विन्दुले बढेर एक हजार ३१५.४५ अङ्कमा पुग्यो ।  स्टकका अनुसार सो दिन कूल १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर रु एक अर्ब तीन करोड ७२ लाख ५८ हजार ७२९ मूल्यमा कारोवार भयो । 

मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको शेयर बजार बुधबार पनि उकालो लाग्नेक्रम जारी रह्यो । सो दिन कारोवार मापक नेप्से ५.५५ विन्दुले बढेर एक हजार ३२१ विन्दुमा पुग्यो । स्टकका अनुसार बुधबार  १७२ कम्पनीका ४० लाख ४३ हजार १५७ किक्ता शेयर रु एक अर्ब ३३ करोड तीन लाख १४ हजार २४७ मा खरीद बित्री भए । 

बिहीबार भने शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । उक्त दिन नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ विन्दुमा झर्‍यो । स्टकका अनुसार कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता शेयर रु ९४ करोड ७६ लाख ५६ हजार ५१६ मूल्यमा खरीद बित्री भए । यस साता स्टकका विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा प्रोग्रेसिभ फाइनान्सको ५९ लाख एक हजार कित्ता हकप्रद शेयर सूचीकृत भयो । त्यस्तै प्रभु बैंकको ६५ लाख ८७ हजार १५८ कित्ता शेयर लाभांश, कृषि विकास बैंकको ५१ लाख तीन हजार १२९ कित्ता शेयर लाभांश सूचीकृत भयो । 

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको एक लाख ४४ हजार ७५ कित्ता शेयर लाभांश सूचीकृत हुँदा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको चार लाख ९७ हजार ७७८ कित्ता साधारण शेयर र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख ३५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको स्टकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ