Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सात महीनाकी छोरीको हत्या आरोपमा आमा पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ&nbsp;१५ सल्यान ।</b> सल्यानमा सात महीनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो ।</p><p>सात महीनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । हत्या आरोपी आमालाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ । रासस<br></p>