Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दाङ : पच्चीस बिघा क्षेत्रफलमा रङ्गशाला बनाउन शुरु

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

जेठ २२, घोराही । घोराही उपमहानगरपालिका–१६ मा रहेको करौती डाँडामा करीब २५ बिगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकूद रङ्गशाला बनाउन शुरु गरिएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त खेलकूद रङ्गशाला निर्माणको काम थालिएको हो ।

चालू आवमा प्रदेश सरकारको उक्त रङ्गशाला निर्माणका लागि रु ५० लाख छुट्याइएको छ । सरकारले दिएको उक्त बजेटलाई उपमहानगरपालिकाको प्राविधिक सहयोगमा रङ्गशाला व्यवस्थापन तथा निर्माण समिति बनाएर काम शुरु भएको छ ।

उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठका अनुसार करौती डाँडामा बन्न लागेको बहुउद्देश्य खेलकूद रङ्गशालामा फुटबलका साथसाथै विभिन्न खेल खेल्न संरचना तयार गरिनेछ ।

रंगशालाभित्र मात्रै करीब २०० मिटरको लम्बाइ र १५० मिटरको गोलाइसहितको मैदान तयार पारिनेछ । नेत्रलाल अभागी बहुउद्देश्य रङ्गशाला नामकरण गरेर बनाउन शुरु गरिएको उक्त खेलकूद मैदानको सम्पूर्ण संरचना तयार हुन करीब रु २७ करोड लागत लाग्ने अनुमान गरिएको छ । रङ्गशालाको स्टेडिएम नै ५० देखि ६० हजार दर्शक अट्ने खालको बनाइन लागिएको उहाँले बताउनुभयो ।

नगरप्रमुख नरुलाल चौधरीले रङ्गशाला राष्ट्रियस्तरको हुने बताउनुभयो । चालू आवको बजेटअनुसारको काम गर्नका लागि रङ्गशाला निर्माण उपभोक्ता समिति गठन गरी काम गर्न थालिएको उहाँले जानकारी दिनुभयो । नेत्रलाल रङ्गशाला व्यवस्थापन तथा निर्माण समितिका सचिव नरेन्द्र पुनले रङ्गशाला निर्माणको काम क्रमागत भएको हुँदा प्रत्येक बर्ष प्रदेश सरकारले बजेट पठाउने विश्वास व्यक्त गर्नुभयो ।

योगविहीन माटाका भाँडा बनाउने उपकरण

माटाका भाँडा बनाउने उपकरण ल्याएको एक वर्ष भइसक्दा पनि तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनीमा राखिएको सो उपकरण प्रयोगमा आउन सकेको छैन ।

माटाका भाँडा बनाउन सहज, छिटो, छरितो होस् भनी गरीबी निवारण कोषले एक वर्षअघि उपलब्ध गराएको ती उपकरण प्रयोगमा नआउँदा त्यसै थन्क्याउनुपरेकोे कुमाल अगुवा प्रेम कुमालले बताउनुभयो । “यी सामग्री ल्याएको एक वर्ष भयो”, उहाँले भन्नुभयो, “हामीलाई  प्रयोग गर्न आउँदैन, काठमाडौँबाट यी सामग्री प्रयोग गर्न सिकाउनका लागि मान्छे आउने कुरा भएको एक वर्ष भयो तर अहिलेसम्म कोही पनि आउनु भएको छैन ।” ती उपकरण  जडान गर्नाका साथै त्यसका लागि विद्युत् पनि जडान भइसकेको छ

लामो समयसम्म ती उपकरण सञ्चालनमा नआउनु दुःखद भएको  माटाका भाँडा बनाउँदै आएका महादेव कुमालले बताउनुभयो । एक वर्षअघि माटोका भाँडा निर्माणका लागि माटो धुलाउने, घोल्ने, पेल्ने र  पोल्ने विद्युतीय उपकरण ल्याइएको थियो । हातले माटाका भाँडा बनाउँदा फुटेर खेर जाने समस्या हुने भएकाले छिटो विज्ञ पठाएर ती उपकरण  सञ्चालमा ल्याउन कुमाल समुदायको सरकारसँग माग छ ।

सो उपकरण विद्युत्बाट चल्ने भएकाले पहिले जस्तो भट्टी बनाएर माटोका भाँडा बनाउनुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासी सूर्य कुमालले बताउनुभयो । करीब रू  ६ लाखको सहयोगमा सो उपकरण ल्याइएको थियो ।

हातले माटाका भाँडा निर्माण गर्दा  करीब रू २५ हजारदेखि ५० हजारसम्म आम्दानी गर्दै आइएकामा सो उपकरण जडानपछि करीब मासिक एक लाखसम्म आम्दानी गर्न सकिने अनुमान गरिएको छ।