2026-10-19 04:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच पटक सांसद बन्नुभएका ८१ वर्षीय श्रेष्ठ भ्रष्टाचार निवारण अभियानमा

नारायण अधिकारी, जेठ २८, चितवन । जीवनको अधिकांश समय राजनीति र लाभको पदमा बिताउनुभएका ८१ वर्षीय भीमबहादुर श्रेष्ठ विगत एक दशकयता भ्रष्टाचार निवारण अभियानमा सक्रिय हुनुहुन्छ । 

युवा अवस्थादेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय श्रेष्ठ जिल्ला पञ्चायतको एक पटक उपसभापति, दुई पटक सभापति, चारपटक सांसद र एक पटक राष्ट्रियसभा सदस्य भएर जनताको सेवा गरिसक्नुभएको छ ।

पछिल्लो समय विसं २०६५ सालयता उहाँको ध्यान भ्रष्टाचारविरुद्धको अभियानमा छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको सदस्य हुँदै विसं २०६९ मा उहाँकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको अभियान नामक संस्था दर्ता भयो । त्यही संस्थामार्फत् भ्रष्टाचार निवारणका लागि उहाँ अनवरत रुपमा लागि पर्नुभएको छ ।

हालै मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गठन गरेको भ्रष्टाचारविरुद्ध निगरानी नागरिक संस्था (सिटिजन जुरी)को संयोजक पनि उहाँलाई बनाइएको छ । होचो कद र फुर्तिलो शरीर भएका श्रेष्ठ यिनै दुई संस्थामार्फत् भ्रष्ट्राचार न्यूनीकरण गर्न सक्रिय हुनुहुन्छ । विभिन्न कार्यालयमा चिठी बोकेर आफँै पुग्नु हुने श्रेष्ठको जीवनको एउटै लक्ष्य भ्रष्टाचारमुक्त समाज बनाउनु हो । भ्रष्टाचार रोक्न जनतामा सचेतना आवश्यक पर्ने भन्दै उहाँले भन्नुभयो, “पहिले राजनीतिक नेतृत्व नै सुधार गर्न जरुरी छ । इमान्दार बन्नुपर्छ ।” जानी नजानी राजनीतिमा लागेको बताउँदै उहाँले राजनीतिलाई देश बनाउने मूल कुरा हो भन्ने ठानेको बताउनुभयो ।

राजनीति बिना देश सुध्रदैन भन्ने ठानेर म कम्युनिष्टबाट काङ्ग्रेस पनि भए श्रेष्ठले थप्नुभयो, “काङ्ग्रेसमा लाग्दा पनि मुलुकमा बेथिति देखियो, भ्रष्टाचारका जाला देखियो । तत्कालनै त्यसको अन्त्य नगरिकन काम छैन ।” रातमा सपनामा पनि भ्रष्टाचार रोक्ने अभियानमा आफू लागेको देख्ने गरेको भन्दै उहाँले जुन देशमा भ्रष्टाचार छैन, त्यो देश बनेका छन् भन्नुभयो ।

सानातिना भ्रष्टाचार कर्मचारीबाट भए पनि नीतिगत भ्रष्टाचार नेताबाट हुने गरेको श्रेष्ठको ठम्याइ छ । आफँै भ्रष्ट भएपछि उसको नैतिक बलनै नहुने श्रेष्ठको भनाइ छ । विसं १९९५ मा तनहुँको सामु भगवतीमा जन्मनुभएका श्रेष्ठ २१ वर्षको उमेरदेखि चितवनको स्थायी बासिन्दा हुनुभयो । त्यसअघि नै विसं २००९ मा बाल्यकाल देखिनै उहाँको सङ्गत कम्युनिष्टसँग भयो । श्रेष्ठले भन्नुभयो, “काठमाडौँमा म पढ्न बसेको घर पुष्पलालको कान्छा बा को रहेछ । त्यहीबाट मैले कम्युनिष्ट सिके ।”

विसं २०१५ को निर्वाचनमा आफूले कम्युनिष्ट पार्टीको उम्मेदवारलाई जिताउन निर्वाचनमा एजेन्ट बस्नुभएका श्रेष्ठको बाल्यकाल र युवा अवस्था लुकेरै भए पनि कम्युनिष्ट नेतासँगको सङ्गतमा बित्यो । जुन घरमा उहाँ डेरामा बस्नुहुन्थ्यो त्यही घरमा लुक्न आउनुभएका मनमोहन अधिकारी संगको सम्बन्ध निकट बन्यो ।

विसं २०२२ मा नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहसँग नजिक हुँदै राजनीतिक यात्रालाई अगाडि बढाउनुभएका श्रेष्ठ त्यसपछिको १० वर्षसम्म जिल्ला पञ्चायत चितवनको उपसभापति र सभापति भएर काम गर्नुभयो । पञ्चायतको सभापति हुँदै गर्दा गोरखपुर पुगेर लुकीछिपी पुष्पलालसहितका नेतालाई भेट्ने गरेको उहाँले बताउनुभयो ।

कम्युनिष्ट पार्टीको सचिव हुँदै २०३५ सालदेखि २०४८ सम्ममा चार पटक उहाँ सांसद बन्नुभयो । विसं २०५२ मा नेपाली काङ्ग्रेस प्रवेश गरेपछि एक पटक राष्ट्रियसभा सदस्य हुनुभएका श्रेष्ठले अर्को पटक भने संविधान सभाको निर्वाचनमा पराजय भोग्नु प¥यो । पञ्चायतकालीन समयका एक हस्ती श्रेष्ठ अहिले वृद्ध उमेरमा भने भ्रष्टाचार रोक्न दिल ज्यान दिएर लागि पर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ