2026-07-10 05:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा बैंककी कर्मचारीको घाँटी रेटी हत्या

2019-06-19

कमल घिमिरे।असार४।पाँचथर, पाँचथर  को हिलिहाङ गाउँपालिकामा बैँकमा कार्यरत एक महिलाको घाटी  रेटी  हत्या भएको छ।

 एनएमबी माईक्रो फाइनान्स हिलिहाङ्ग-३, गोपेटार पाँचथरमा कार्यरत २० बर्षीय सुजता तमाङको घाँटी रेटी हत्या गरिएको अवस्थामा मंगलबार साँझ शव फेला परेको थियो ।

 हिलिहाङ्ग गाउँपालिका वडा नं. ६ स्थित एनएमबी माईक्रो फाइनान्सको २ वटा समुहको बैठक सकाएर फर्कने क्रममा सोही वडाको सिद्धेखोला भन्ने स्थानमा घाँटी रेटेर हत्या गरेको अवस्थामा लास फेला परेको हो ।

मृतक युवती  इलामको माईजोगमाई गाउँपालिका वडा नं. ५ सोयाङ्ग घर भएकी म.र.ब. क्याम्पस, इलामको स्नातक तह प्रथम  बर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

 घटनास्थलमा रहेका जोरपोखरी प्रहरी चौकीका प्रहरी निरीक्षक कृष्ण भट्टराईले हत्या भएको अवस्थामा तामाङको शव फेला परेको जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको  प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।

अनुसन्धानपछि हत्याबारे थप कुरा भन्न सकिने प्रहरी निरीक्षक पौडेलले वताउनुभयो । घटनास्थलमा रहेका स्थानीयवासी कृष्ण मैनालीका अनुसार जंगलको वीचमा रहेको बाटोमा घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा तामाङको शव फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो