२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तहलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको कमजोरी सच्याउन निर्देशन

२०७६, ५ असार बिहीबार ११:०२

असार ५, काठमाडौं ।श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममा भएका  कमजोरी सच्याउन निर्देशन दिएको छ । बिहीबार मन्त्री स्तरको निर्णय गर्दै मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

 सरकारले बेरोजगारी समस्या समाधान गर्नको लागि ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अहिले झार उखेल्न देखि बादर लखेटन , पशु चौपाया लखेट्नमा अधिकांस स्थानीय तह हरुले यस्तै काममा प्रयोग गरी रहेका छन् | 

‘कार्यक्रम कार्यान्वयनका क्रममा केही स्थानीय तहहरुले संचालन गरेका केही आयोजनाहरु स्वीकृत कार्यविधि बमोजिम सञ्चालन नगरिएको भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा प्रकाशित एवं प्रसारित समाचारहरुप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ,’परिपत्रमा भनिएको छ, ‘आयोजनाहरुको सघन अनुगमन गरी यदि कुनै कमी कमजोरी रहेको पाइएमा समयमै सच्याउन र आयोजनाका बाँकी कार्यहरु सम्पूर्ण रुपमा कामका लागि पारिश्रमिकमा आधारित आयोजना -सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६ तथा अन्य प्रचालित ऐन, नियमहरुको परिधिभित्र रहेर पूर्ण वित्तीय अनुशासन कायम हुने गरी सञ्चालन गर्नु गराउनु हुन अनुरोध छ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आवमा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गरी बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी प्रदान गर्न भन्दै सरकारले सबै स्थानीय तहमा सशर्त अनुदान पठाएको छ ।

तर, स्थानीय तहमा यस्तो बजेटको चरम दुरुपयोग भइरहेको छ । यसैलाई सच्याउन मन्त्रालयले परिपत्र गरेको हो । साढे २ अर्बको यो अनुदान हाल विभिन्न गाउँपालिकाका खुद्रा योजनाहरुमा खर्च भइरहेको छ ।

यसले योजनाको प्रभावकारितामा मात्रै प्रश्न उठेको छैन, बेरोजगारलाई रोजगारी दिलाउने सरकारको प्रतिद्धतामा पनि आशंका उब्जिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय