२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

विषादी प्रयोगले माछा लोप हुँदै

१६ असार २०७६, सोमबार ०७:३८

असार १६,  तनहुँ | तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो । घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा उहाँ खाली हात फर्किनुपरेन । दिनमा १० किलोसम्म माछा मारेर बिक्री गर्नुभएका उहाँलाई आजभोलि दिनमा एक-दुई किलो माछा मार्न पनि मुस्किल छ ।

साँगेखोलामा माछा मार्न जाल हानिरहेका बेला भेटिनुभएका थापाले आजभोलि खोलामा माछा पाउनै गाह्रो भएको गुनासो गर्नुभयो । थापाले भन्नुभयो, “करेन्ट लगाउने, विष हाल्ने प्रवृत्ति बढेपछि आजभोलि माछा लोप हुँदै गएको छ । माछा पाउनै छाडियो ।”थापाका अनुसार जाल हानेर भन्दा करेन्ट र विष हाल्दा बढी र छिटो माछा पाइने भएकाले युवाले यसको प्रयोग गर्न थालेका छन् । 

जाल बोकेर दिनभरि हिँड्दा आफूले १० किलोसम्म माछा मारेको अनुभव सुनाउँदै थापाले अहिले मुस्किलले दुई किलोसम्म माछा मार्ने गरेको बताउनुभयो । कुनै समय माछाका लागि प्रसिद्ध रहेको यस खोलामा अहिले विषादी प्रयोगले माछामा कमी आएकाले विष र करेन्ट प्रयोगलाई नियन्त्रण गर्नुपर्ने थापाले माग गर्नुभयो ।

व्यास नगरपालिका–५ पतेनीका जितबहादुर दरैले दुई वर्षदेखि साँगेखोलामा माछा मार्दै आउनुभएको छ । घर निर्माणको काम गर्ने दरैले फुर्सदको समयमा खोलामा माछा मार्ने गरेको बताउनुभयो । “पहिला–पहिला खुट्टामा माछा ठोक्किन्थ्यो, तर अहिले माछा पाउन गाह्रो छ,” दरैले भन्नुभयो । दरैले बढीमा छ-सात किलोसम्म माछा मार्ने गरेको बताउँदै अचेल दुई किलो मार्न धौधौ पर्ने जानकारी दिनुभयो ।

हाँका अनुसार साँगेखोलामा माछा निकै कम रहेको छ । विष र करेन्ट प्रयोगले माछा लोप हुँदै गएको हुन सक्ने दरैले बताउनुभयो । “पहिला–पहिला प्रशस्त माछा पाइने साँगेखोलामा माछा लोप हुँदैछ, विष र करेन्ट हान्ने कार्यलाई सम्बन्धित निकायले रोक लगाउनुपर्छ”,उहाँले भन्नुभयो । बल्छीको प्रयोगले आफूले माछा मार्ने गरेको उहाँले सुनाउनुभयो ।

साँगखोलाको माछा किलोको रु एक हजार २०० सम्म बिक्री हुने गरेको छ । माछाका लागि बजारको कुनै समस्या नरहेको र माछा बेचेर घरखर्च चलाउन सहयोग पुगेको दरैले बताउनुभयो । 

करेन्ट प्रयोग र विष प्रयोगले खोलामा रहेका माछासँगै अन्य जलप्राणी पनि लोप हुने भएकाले सम्बन्धित निकायले यसलाई रोक लगाउनुपर्ने आवाज उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना