२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

रुकुमबाट दाङतफै जाँदै गरेको ट्रक दुर्घटनामा एक शिक्षककोे मृत्युु, नौ जना घाइते

२३ असार २०७६, सोमबार १६:५७

 असार २३, सल्यान ।  रुकुमबाट दाङतफै जाँदै गरेको  ना ४ ख ९७११ नं को ट्रक सल्यानको ट्रक कपुरकोट गाउँपालिका–३ आगरखोलाको घुम्तीमा आज दिउँसो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ का ५३ वर्षीय शिक्षक दुर्गाबहादुर बस्नेत रहनुभएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा ट्रक चालक दाङ तुलसीपुर उपमहानगरपालिकाका ताराप्रसाद खड्का र सोही ठाउँ निवासी २० वर्षीय सहचालक यज्ञबहादुर खड्का गम्भीर घाइते हुनुभएको छ । चालक र सहचालकको तुलसीपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका अन्य व्यक्तिको तुलसीपुरमा उपचार भइरहेको छ । 

ट्रक सडकदेखि ५० मिटर तल खसेकोे छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय कपुरकोट र जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले उद्धार गरेको थियो । अविरल वर्षाका कारण उद्धारकार्यमा कठिनाई भएको प्रहरीको भनाइ छ ।फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभिुक्तलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–७ मैदु निवासी ४१ वर्षीय दिलबहादुर पुनलाई २० वर्षपछि आइतबार घरबाटै पक्राउ गरेको हो । 

विसं २०५६ जेठ २२ गते सोही ठाउँका लोकबहादुर यरीलाई हत्या गरी फरार भएका पुनलाई सर्वोच्च अदालतले १५ वर्षको कैद फैसला गरेको थियो । घटनापछि पुन फरार भएपछि प्रहरीले पक्राउ गर्नसकेको थिएन । पुन घरमा आएको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यान र आरआइटी कर्णाली प्रदेश सुर्खेतको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका पुनलाई कैद भुक्तानका लागि जिल्ला कारागार सल्यानमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ