2026-09-08 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

रुकुमबाट दाङतफै जाँदै गरेको ट्रक दुर्घटनामा एक शिक्षककोे मृत्युु, नौ जना घाइते

 असार २३, सल्यान ।  रुकुमबाट दाङतफै जाँदै गरेको  ना ४ ख ९७११ नं को ट्रक सल्यानको ट्रक कपुरकोट गाउँपालिका–३ आगरखोलाको घुम्तीमा आज दिउँसो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ का ५३ वर्षीय शिक्षक दुर्गाबहादुर बस्नेत रहनुभएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा ट्रक चालक दाङ तुलसीपुर उपमहानगरपालिकाका ताराप्रसाद खड्का र सोही ठाउँ निवासी २० वर्षीय सहचालक यज्ञबहादुर खड्का गम्भीर घाइते हुनुभएको छ । चालक र सहचालकको तुलसीपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका अन्य व्यक्तिको तुलसीपुरमा उपचार भइरहेको छ । 

ट्रक सडकदेखि ५० मिटर तल खसेकोे छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय कपुरकोट र जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले उद्धार गरेको थियो । अविरल वर्षाका कारण उद्धारकार्यमा कठिनाई भएको प्रहरीको भनाइ छ ।फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभिुक्तलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–७ मैदु निवासी ४१ वर्षीय दिलबहादुर पुनलाई २० वर्षपछि आइतबार घरबाटै पक्राउ गरेको हो । 

विसं २०५६ जेठ २२ गते सोही ठाउँका लोकबहादुर यरीलाई हत्या गरी फरार भएका पुनलाई सर्वोच्च अदालतले १५ वर्षको कैद फैसला गरेको थियो । घटनापछि पुन फरार भएपछि प्रहरीले पक्राउ गर्नसकेको थिएन । पुन घरमा आएको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यान र आरआइटी कर्णाली प्रदेश सुर्खेतको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका पुनलाई कैद भुक्तानका लागि जिल्ला कारागार सल्यानमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल