2026-07-10 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा २८ वडा विपद्को उच्च जोखिममा

2019-07-15

असार ३० बागलुङ |  जिल्लाका विभिन्न स्थानीय तहका २८ वडा प्राकृतिक विपद्को उच्च जोखिममा छन् । ती मध्ये २४ मध्यम र आठ वडामा विपद्को जोखिम न्यून छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बनाएको मनसुन आपत्कालीन कार्ययोजनामा जोखिमयुक्त स्थान किटान गरिएको छ । विगतको बाढीपहिरोको प्रवृत्ति, स्थानीय तहको प्रतिवेदन र स्थलगत अध्ययनका आधारमा जोखिमको अवस्था निक्र्यौल गरिएको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकांश क्षेत्रमा पहिरोको बढी जोखिम छ । यस्तै खोला र तटीय क्षेत्रमा बाढीको खतरा देखिन्छ । समितिका अनुसार गलकोट नगरपालिका–१ दुदिलाभाटी, १० पाण्डवखानी, काठेखोला गाउँपालिका–१, २, ४, ५, ६ र ७ बागलुङ नगरपालिका–८ सिगाना, १० भकुण्डे, ११ रायडाँडा, १२ अमलाचौर पहिरोको उच्च जोखिममा छ ।

ताराखोला गाउँपालिका–४ र ५, जैमिनी नगरपालिका–२, ३ दमेक, ४ सर्कुवा, ७ जैदी, ८ छिस्ती, बरेङ गाउँपालिका–१ धुल्लुबास्कोट, निसीखोला गाउँपालिका–७ राजकुत, बडिगाड गाउँपालिका–१, २, ५, ६, ७, ८ र ढोरपाटन नगरपालिका–४ खुङ्गामा पहिरोको उच्च जोखिम छ ।

यस्तै ढोरपाटन नगरपालिका–५, ६, ७, ८, ९, गलकोट नगरपालिका–३ र ४, तमानखोला गाउँपालिका–५ र ६ लगायतका २४ वडा पहिरोको मध्यम जोखिममा छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थान, काठेखोला गाउँपालिका–८ लेखानीलगायतका आठ वडामा पहिरोको जोखिम न्यून देखिएको छ ।बडिगाड, दरमखोला, काठेखोला, ठेउलेखोला, निसी, भुजी, तमानखोलालगायत कालीगण्डकी नदीको तटीय क्षेत्रमा पनि बाढीपहिरोको उच्च जोखिम आँकलन गरिएको छ । २५ भन्दा बढी स्थान नदी र खोलाबाट प्रभावित रहेका छन् । बर्सातमा हुनसक्ने सम्भावित विपद्का घटना न्यूनीकरण र व्यवस्थानका लागि मनसुन पूर्वतयारी कार्ययोजना बनाएर काम थालिएको समितिका अध्यक्ष एवं प्रजिअ लुकबहादुर क्षत्रीले बताउनुभयो ।

“कामना गरौँ जिल्लामा कुनै प्राकृतिक प्रकोपका घटना नहोऊन्”, उहाँले भन्नुभयो, “यदि भइहाले पनि जोखिम न्यूनीकरण तथा उद्धारका लागि हामी २४ सै घण्टा तयारी हालतमा छौँ ।” खोज र उद्धारमा खटिने जनशक्ति र उपकरणसमेत तयारी अवस्थामा राखिएको उहाँको भनाइ थियो ।

सम्भावित विपद् न्यूनीकरण, उद्धार, राहत तथा पुनस्र्थापनका सम्बन्धित पक्ष र निकायलाई सतर्कता अपनाउन समितिले अनुरोध गरेको छ । प्राकृतिक प्रकोपका घटना हुँदा तत्काल उद्धारका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको यहाँ रहेको विपद् व्यवस्थापन गुल्मका प्रमुख मुकुन्दराज खरेलले बताउनुभयो । उहाँका अनुसार उद्धारमा चाहिने अपुग उपकरण तथा सामग्री सम्बन्धित निकायमा माग गरिएको छ ।

समितिले पनि जिल्लाका सुरक्षा निकायमा रहेका खोज तथा उद्धार सामग्रीको विवरण राख्ने र अपुग उपकरण व्यवस्थापनका लागि सहजीकरण गरिरहेको छ । यस्तै नेपाली सेनाको अर्जुनबाण गणमा पनि उद्धारका लागि तालीमप्राप्त जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको गणपति भुवनराज देवकोटाले बताउनुभयो ।

“उद्धारसम्बन्धी कार्यका लागि नियमित तालीम र अभ्यास भइरहेको छ”, उहाँले भन्नुभयो, “आवश्यक पर्दा हामी तत्कालै घटनास्थलमा खटिन्छौँ । बर्सेनी बाढीपहिरोका कारण जिल्लामा ठूलो धनजनको क्षति हुने गरेको छ । २०६४ सालमा बडिगाडको ग्वालीचौरमा गएको पहिरोमा परी २९ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट