२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सवारी कारवाहिबाट सल्यानमा ५६ लाख ५५ हजार राजस्व संकलन, दुर्घटनामा १८ जनाको मृत्यु

२०७६, ३ श्रावण शुक्रबार ०३:४६

शंकर के सी | साउन ३, सल्यान । सल्यानमा ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७५।०७६ मा अघिल्लो वर्षको तुलनामा एक लाख ७५ हजार बढि राजस्व उठाएको छ । नियम विपरित संचालन हुने सवारि साधनलाई कारवाहि गर्दा ५६ लाख ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ५४ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रहरी सहायक निरिक्षक (सई) जगदिश ऐरले जानकारि दिए ।

उनका अनुसार २०७५ साउन देखि २०७६ असार सम्म सबैभन्दा बढि मोटरसाइकल कारवाहिमा परेका छन् । ३४५० मोटरसाइकललाइ कारवाहि गर्दा १९ लाख ९६ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको प्रसनि ऐरले जनाए ।

यस्तै १६४१ ट्रक कारवाहिमा परेका छन् । जसबाट ९ लाख १९ हजार रुपैयां संकलन भएको छ । यस्तै १३२१ बसलाय कारवाहि गर्दा ७ लाख ३५ हजार, २१५५ जीप तथा कारलाइ कारवाहि गर्दा एक लाख ४० हजार पाँच सय र १३९१ ट्रेक्टरबाट सात लाख ६७ हजार पाँच सय रुपैयाँ संकलन भएको उनले जनाए ।

अघिल्लो आर्थिक वर्ष १० हजार तीन सय सवारि साधन कारवाहिमा परेकोमा आ.व ०७५।०७६ मा नौ हजार नौ सय ५८ यातायातका साधन कारवाहिमा परेका छन् । सबै भन्दा बढि असारमा ११०८ सवारिसाधन कारवाहिमा परेका छन् भने सबैभन्दा बढि राजस्व पुष महिनामा पाँच लाख ३७ हजार पाँच सय राजस्व संकलन भएको छ ।

प्रसनि ऐरले जिल्लाको कपुरकोटबाट सबैभन्दा बढि राजस्व संकलन भएको जनाए । दोश्रोमा श्रीनगरबाट बढि राजस्व उठेको छ भने सबैभन्दा कम सल्लीबजारबाट राजस्व संकलन भएको छ । सवारि चलाउँदा मापसे गर्ने एक सय १८ जनालाइ कारवाहि गरिएको उनले बताए । तर कसैको पनि चालक अनुमतीपत्र (लाइसियन्स) प्वाँल नपारिएको उनले जनाए ।

१३ पुरुष, ४ महिला र १ बालकको मृत्यु

यसैविच गत साउन देखि असार सम्म १८ जनाले सवारि दुर्घटनामा ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षमा भने २० जनाले ज्यान गुमाएका थिए । आ.व २०७५।०७६ मा १३ जना पुरुष, ४ जना महिला र एक जना बालकले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । साथै सवारि दुर्घटनामा २५ जना सक्त र १५३ जना सामान्य घाइते भएको प्रसनि ऐरले जनाए ।

यस आर्थिक वर्षमा दुर्घटना हुने सवारिको संख्यामा भने बृद्धि भएको छ । अघिल्लो आ.वमा ३७ वटा सवारिसाधन दुर्घटनामा परेकोमा ०७५।०७६ मा १०१ सवारि दुर्घटना भएका छन् । ४५ वटा मोटरसाइकल, १९ वटा जीप, १७ वटा ट्रेक्टर, ११ वटा बस र ९ वटा ट्रक दुर्घटना भएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो