७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौंमा ‘मेरिएट होटल’ संचालनमा

३ श्रावण २०७६, शुक्रबार ०४:०६

साउन ३, काठमाडौं | नेपालको राजधानीमा 'काठमाडौं मेरिएट होटल' संचालनमा आएको छ । योसँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ ।

मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भने “हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड सुन्दर राज्य नेपालमा ल्याउन पाउँदा निकै खुसी छौं । सन् २०१८ मा नेपालले एक मिलियन पर्यटक भित्र्याएको छ र यो नयाँ रेकर्डसँगै देशमा पर्यटन प्रबल सम्भावना रहेको देखिएको छ । हाम्रो होटलले काठमाडौंमा अतिथिहरुलाई उत्कृष्ट बसोबासका साथै अतिथिहरुको स्वभाव अनुसार संस्कृतिक अनुभवहरु प्रदान गर्दछ ।”


“व्यवसायीक यात्रुहरु र फुर्सदीलो यात्रीका लागि नेपालमा आश्चर्यजनक अनुभवहरु प्रदान गर्ने धेरै यूनिस्को वल्र्ड हेरिटेज साइटहरु रहेका छन् जसमा अतिथिहरुले सोफेस्टिकेटेड स्पेस तथा मेरिएटको न्यानो अतिथ्यिबाट आनन्द लिन सक्नेछन ।” 

होटलमा प्रवेश गरेपछि अतिथिहरुले देशप्रतिको सम्मानको भाव झल्किने विभिन्न वस्तुहरु देख्न सक्नेछन् । 

२१४ वटा सुव्यवस्थित कोठाहरुले मेरिएटको आधुनिक डिजाइनालाई प्रतिबिम्बित गर्दछ जुन सुन्दर र इन्ट्युटिभ प्रविधिले अझ पूर्ण बनाएको छ । काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुइस रिपोचीले भने “काठमाडौं मेरिएट होटल बस्नको लागि एकदम उत्तम बनाउन अतिथिहरको आवश्यकतालाई महशुस गरेर डिजाइन गरिएको छ । हामी अन्तर्राष्ट्रिय र स्थानीय अतिथिहरुलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधाहरु प्रदान गरेर अतिथिहरुलाई अद्वितीय अनुभव प्रदान गर्न तत्पर रहेका छौं । हाम्रो विशेष ४ डाइनिंग स्थानमा प्रचुर स्थानीय तथा अन्तर्राष्ट्रिय व्यञ्जन प्रदान गर्दछौं जसले काठमाडौंको क्यूलनेरी दृश्यलाई माथि उठाएको छ ।” 


७४० स्क्वायर मिटर भन्दा बढि क्षेत्रफल भएको ब्याङकुइट स्पेससँगै काठमाडौं मेरिएट होटल कन्फेरेन्स र बैठकका लागि पनि उपयुक्त छ । एम–क्लबबाट गगनचुम्बी हिमालयन पर्वतको दृश्य समेत देखिन्छ ।

६५ देशहरु र विश्वका भुभागमा ५०० भन्दा बढि होटल र रिसोर्ट भएको मेरिएट होटल हरेक अतिथिको बसोबाससँग यात्रालाई विकसित गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या