2026-09-08 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरमा वडाअध्यक्षले दिए ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई आफ्नो तलब

साउन ५, कंचनपुर  | स्थानीय तहको निर्वाचनका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर (भुन्टु) ले आफूलाई आएको तलब भत्ता वडामै वितरण गरेका छन् ।

आइतबार बिहान वडा नं. १ को वडा कार्यालयमा गाउँका ज्येष्ठनागरिक (७० वर्षमाथिका) र अपाङ्गता भएका व्यक्तिलाई अध्यक्ष कुँवरले आफूलाई आएको रकम हस्तान्तरण गरेका हुन् । वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति गरी १४७ जनालाई उक्त रकम हस्तान्तरण गरेका छन् ।

ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति रु एक हजार पाँच सय र अपागङ्गता भएका व्यक्तिलाई रु एक हजारका दरले हस्तान्तरण गरेको वडा कार्यालयले जनाएको छ । “निर्वाचनबाट म जनताको सेवाका लागि अध्यक्ष भएको हुँ”,वडाध्यक्ष कुँवरले भन्नुभयो, “जनताको करबाट हामीलाई दिइएको सुविधा गाउँमै दिने निर्णय लिएको हुँ ।”

उहाँले आफ्नो कार्यकालभरी आउने सबै सुविधा वडाका ज्येष्ठ नागरिक, अपागङ्गता भएका व्यक्ति, असाहय र विपन्न परिवारलाई प्रदान गर्ने बताउनुभयो । कुवँरले गत वर्ष पनि आएको सुविधा गाउँमै वितरण गरेका थिए ।

“वडा कार्यालय आउन नसेका वृद्धवद्धालाई घरमै गएर पनि रकम पुगाउँने छु”,कुवँरले भन्नुभयो, “राजनीति सेवा हो, जागिर होइन ।”तलबवापत पाएको रु दुई लाख ६३ हजार उहाँले एक कार्यक्रमको आयोजना गरी वितरण गरेका हुन् ।

वडाध्यक्षले रकम वितरण गरेपछि गाउँका ज्येष्ठ नागरिक र अपागङ्गता भएका व्यक्तिमा खुशीयाली छाएको छ । “हाम्रा वडाध्यक्षको महानकार्यप्रति सलाम छ”,स्थानीय ८४ वर्षीय वृद्ध जयबहादुर विष्टले भन्नुभयो, “रकम भन्दा मान्छेको सामाजिक भावना ठूलो कुरो हो ।”

हरेक निर्वाचनमा मत दिएर जनप्रतिनिधि चुने पनि आफूहरुले पहिलो पटक मनकारी वडाध्यक्ष पाएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी ७२ वर्षीय ऐनबहादुर सिंहले मनकारी अध्यक्ष पाएकोमा गाउँभरीका पाकापुस्ता हर्षित भएको बताउनुभयो ।

जनप्रतिनिधी पाएसँगै गाउँमा खानेपानी, सडक सञ्जाल विस्तार, नदी नियन्त्रणका लागि तटबन्धलगायतका पूर्वाधार विकास भएको सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग