२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरमा वडाअध्यक्षले दिए ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई आफ्नो तलब

५ श्रावण २०७६, आईतवार ०८:२४

साउन ५, कंचनपुर  | स्थानीय तहको निर्वाचनका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर (भुन्टु) ले आफूलाई आएको तलब भत्ता वडामै वितरण गरेका छन् ।

आइतबार बिहान वडा नं. १ को वडा कार्यालयमा गाउँका ज्येष्ठनागरिक (७० वर्षमाथिका) र अपाङ्गता भएका व्यक्तिलाई अध्यक्ष कुँवरले आफूलाई आएको रकम हस्तान्तरण गरेका हुन् । वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति गरी १४७ जनालाई उक्त रकम हस्तान्तरण गरेका छन् ।

ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति रु एक हजार पाँच सय र अपागङ्गता भएका व्यक्तिलाई रु एक हजारका दरले हस्तान्तरण गरेको वडा कार्यालयले जनाएको छ । “निर्वाचनबाट म जनताको सेवाका लागि अध्यक्ष भएको हुँ”,वडाध्यक्ष कुँवरले भन्नुभयो, “जनताको करबाट हामीलाई दिइएको सुविधा गाउँमै दिने निर्णय लिएको हुँ ।”

उहाँले आफ्नो कार्यकालभरी आउने सबै सुविधा वडाका ज्येष्ठ नागरिक, अपागङ्गता भएका व्यक्ति, असाहय र विपन्न परिवारलाई प्रदान गर्ने बताउनुभयो । कुवँरले गत वर्ष पनि आएको सुविधा गाउँमै वितरण गरेका थिए ।

“वडा कार्यालय आउन नसेका वृद्धवद्धालाई घरमै गएर पनि रकम पुगाउँने छु”,कुवँरले भन्नुभयो, “राजनीति सेवा हो, जागिर होइन ।”तलबवापत पाएको रु दुई लाख ६३ हजार उहाँले एक कार्यक्रमको आयोजना गरी वितरण गरेका हुन् ।

वडाध्यक्षले रकम वितरण गरेपछि गाउँका ज्येष्ठ नागरिक र अपागङ्गता भएका व्यक्तिमा खुशीयाली छाएको छ । “हाम्रा वडाध्यक्षको महानकार्यप्रति सलाम छ”,स्थानीय ८४ वर्षीय वृद्ध जयबहादुर विष्टले भन्नुभयो, “रकम भन्दा मान्छेको सामाजिक भावना ठूलो कुरो हो ।”

हरेक निर्वाचनमा मत दिएर जनप्रतिनिधि चुने पनि आफूहरुले पहिलो पटक मनकारी वडाध्यक्ष पाएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी ७२ वर्षीय ऐनबहादुर सिंहले मनकारी अध्यक्ष पाएकोमा गाउँभरीका पाकापुस्ता हर्षित भएको बताउनुभयो ।

जनप्रतिनिधी पाएसँगै गाउँमा खानेपानी, सडक सञ्जाल विस्तार, नदी नियन्त्रणका लागि तटबन्धलगायतका पूर्वाधार विकास भएको सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य