2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा सुनुवार बस्ती पहिराको जोखिममा

साउन ६, सिन्धुली  | सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ स्थित भालुभञ्ज्याङको सुनुवारबस्ती पहिराको उच्च जोखिममा परेको छ । लगातारको वर्षाका कारण उक्त बस्तीको धेरै ठाउँमा जमीन चिरा (धाँजो) परेपछि त्यहाँको बस्ती जोखिममा परेको अस्थायी प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक काजीराम पौडेले जानकारी दिनुभयो ।

 भालुभञ्ज्याङमा सुनुवार समुदायको १३ घरपरिवार बस्दै आएको छ । लामो खडेरीका कारण खानेपानीको समस्या झेलिरहेका सुनुवार समुदयलाई वर्षायाम शुरु हुनासाथ अत्यधिक पानी परेका कारण पहिराको जोखिमले आफ्नो जन्मस्थल नै छोड्नुपर्ने बाध्यता आइपरेको वडाध्यक्ष मीनबहादुर सुनुवारले जानकारी दिनुभयो ।

सोलीथुम्का डाँडाको पानीढलो भिरालो क्षेत्रमा रहेको उक्त बस्तीलाई माथिबाट आएको पहिराले पनि थप जोखिम निम्त्याएको नेकपा सिन्धुली जिल्ला सचिवालय सदस्य ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

जोखिम क्षेत्रको स्थानीय तहका पदाधिकारी, नेपाल प्रहरी र राजनीतिक दलका स्थानीय प्रतिनिधिबाट निरीक्षण गरी बस्ती स्थानान्तरणका लागि उपयुक्त स्थानको खोजी गर्ने र तत्काल राहतका कार्यक्रम सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो । अविरल वर्षाका कारण आएको पहिरोले सोही वडाको सिम्लेमा रहेको मगरबस्तीलाई पनि असर पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल