२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेगा बैंकको ९ औं वार्षिकउत्सव : खुद मुनाफा आर्जन ७० गुणाले बढ्यो

२०७६, ७ श्रावण मंगलवार ०९:४४

साउन ७, काठमाडौं। मेघा बैंकले संचालनको नवौं वर्ष पार गर्दासम्म खुद मुनाफा आर्जनमा ७० गुणाले वृद्धि गरेको छ। बैंकको ९ औं वार्षिकउत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमा बोल्दै बैंकका अध्यक्ष भोजबहादुर शाहले उक्त जानकारी दिएका हुन् ।


बैंकले विगत ९ वर्षसमको अवधिमा शाखा संजालमा ८ गुणा, एटिएम संजालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा फड्को मारेको बैंकका अध्यक्ष शाहले बताए । त्यस्तै खुद मुनाफामा ७० गुणा, रोजगारीको अवसर सृजनाको दृष्टिकोणले ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले वृद्धि गरेको उनले बताए।

नेपाल राष्ट्र बैंकले विग मर्जरलाई जोड दिएको सन्दर्भ जोड्दै बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरमा जाँदा बैंकको चुक्ता पुँजी कम्तिमा १७/१८ अर्ब पुग्ने भएकोले त्यस्तो अवस्थामा संचालक ७ जनाले नै चलाउन सक्लान भन्दै प्रश्न गरे ? चुक्त्ता पुजी अनुसार बैंक संचालक संख्यामा पनि नेपाल राष्ट्र बैंकले पुन: विचार गर्नुपर्नेमा उनले जोड दिए ।मेघा बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार मर्जर कमिटी बनाएर अगाडी बढेको उनले बताए । 

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले मर्जरको ५० प्रतिशत काम सकिसकेको बताईन्। बैंकले मर्जरको तीब्र तयारी गरिरकेको बताउँदै सीइओ खुञ्जेलीले अब ५० प्रतिशत काम मात्रै बाँकी भएको जानकारी दिईन्। मर्जरको ५० प्रतिशत काम सक्यौं, बाँकी ५० प्रतिशत जनशक्ति व्यवस्थापनको विषय टुंगिएको छैन, यसलाई टुंग्याउन काम भइरहेको छ उनले भनिन्।'


एक शाखा, एक छोरी छात्रबृत्ति घोषणा

उक्त कार्यक्रममा सिइओ खुञ्जेलीले एक शाखा, एक छोरी छात्रवृत्ति घोषणा गरिन् । छोरीको उज्वल भविश्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप बैंकले शिक्षा नै ज्योति अभियान अन्तर्गत प्रत्येक शाखाबाट १-१ जना छात्रालाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहयोग गर्ने गर्नेछ। कार्यक्रममा बैंकले डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

गत आर्थिक वर्षमा निक्षेप संकलन ८२ अर्ब र कर्जा प्रवाह ७३ अर्ब पुगेको बैंकले जनाएको छ । एक वर्षमा ग्राहक संख्या गत वर्ष १ लाख ४६ हजार बढेर ६ लाख ४३  हजार पुगेको बैंकले जनाएको छ । यस अवधिमा कर्जाको आकार ३३ लाख र निक्षेपको १ लाख २७ हजार रहेको बैंकले जनाएको छ। बैंकका देशभर १०२ शाखा र १९ एक्टेन्सन काउन्टर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो