२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

राष्ट्रिय परिचयपत्रका लागि ८६ हजारको आवदेन

१० श्रावण २०७६, शुक्रबार ०२:५४

साउन १० फिदिम । पाँचथरमा हालसम्म ८६ हजार जिल्लावासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ८६ हजार दुई जनाले उक्त परिचयपत्रका लागि आवेदन दिएका हुन् । सरकारले गत आर्थिक वर्षमा एक लाख १० हजार पाँचथरवासीको विवरण सङ्कलन गर्ने लक्ष्यका साथ पाँचथरबाट उक्त परिचयपत्रका लागि विवरण सङ्कलन गरेकामा अधिकांश युवा वैदेशिक रोजगारीको सिलसिलामा जिल्ला बाहिर रहनाका साथै अन्य कारणले लक्ष्यभन्दा २४ हजार कम जिल्लावासीले विवरण दर्ता गराएको पाइएको छ । 

जिल्ला प्रशासन कार्यालयको गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक बुलेटिनअनुसार सो अवधिमा ८३ हजार १०२को राष्ट्रिय परिचयपत्र छपाइ भएकोे र तीमध्ये ५७ हजार ७९३ जनाले आफ्नो परिचयपत्र बुझेर लगिसकेका छन् । 

उक्त परिचयपत्रका लागि जिल्लाका सबै वडामा विवरण सङ्कलन शिविर र राष्ट्रिय परिचयपत्र वितरण शिविर आयोजना गरिएको थियो । 

शिविरमा परिचयपत्र लिन नआएका तथा शिविरपछि विवरण दर्ता गराएकाहरुले समेत परिचयपत्र लगेका छैनन् । जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रमाणपत्र तथा राहदानीको लागि आवेदन गर्ने बित्तिकै सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन आग्रह गरिए पनि  विवरण दर्ता गराएकाहरु त्यसको उपयोगिता नदेखेर राष्ट्रिय परिचयपत्र लिनलाई मात्रै नआउने गरेको फिल्ड कार्यालयले जनाएको छ । 

नेपालमै पहिलोपटक गत वर्षको असार ५ गते पाँचथरबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु भएको थियो । यसरी सङ्कलित विवरणका आधारमा राष्ट्रिय परिचयपत्र छपाइ भएपछि गत मङ्सिर ३ गतेदेखि वितरण शुरु गरिएको थियो । अहिले उक्त परिचयपत्रका लागि विवरण सङ्कलन तथा तथा वितरणको  कार्य सबै प्रदेशका विभिन्न जिल्लामा शुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ