साउन १२, काठमाडौँ | सामाजिक सन्जालमार्फत् गरिने विज्ञापनमा पनि अब विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको बारेमा प्रष्ट उल्लेख गर्नुपर्ने भएको छ ।
विज्ञापन नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलको क्रममा संसदको विकास तथा प्रविधि समितिले सामाजिक सन्जालमा गरिने विज्ञापनमा पनि आधिकारिकता खोज्ने विषयमा सहमति जुटाएका छन |
विधेयकमा आधिकारिक रुपमा जानकारी नभइ विज्ञापन गर्न नहुने विषय उल्लेख छ । विज्ञापन प्रकाशन वा प्रसारण गर्ने विद्युतीय अनलाइन, छापा वा सञ्चार माध्यमले विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको जानकारी नभइ विज्ञापन गर्न नहुने व्यवस्था विधेयकमा छ । त्यसमा सांसदहरुले सामाजिक सन्जाललाई पनि समेट्नु पर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेपछि समितिले उक्त बिधेयक पास गरेको हो |