2026-08-24 04:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खोटाङमा पाकेर थन्याउने बेलामा मकै छर्दै सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासी

साउन १३, खोटाङ | जिल्लाको पश्चिमी भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्रमा अहिले धमाधम मकै छर्ने काम भइरहेको छ । लामो समयको खडेरीले गत फागुन तथा चैतमा छरेको मकै सुकेपछि त्यसलाई उखेलेर पुनः छर्ने काम शुरु गरिएको हो । 

हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम, च्यास्मिटार, बडहरे, धितुङ, डिकुवा, बाहुनीडाँडा, मङ्गलटार, राजापानीलगायत ठाउँमा अहिले मकै छर्ने काम भइरहेको जनाइएको छ । पहिले छरिएको मकै तथा अन्य बाली खडेरीले सुकेपछि पुनः मकै छर्ने काम शुरु गरिएको कृषकले बताएका छन् । 

लामो समयको खडेरीले सबै बाली सखाप पारेपछि पाकेर थन्क्याउने बेलामा पुनः मकै छर्न थालिएको दुर्छिमका स्थानीयवासी तामन राईले बताउनुभयो । “हाम्रो दुर्छिममा २०३२ सालमा पनि साउनमा मात्रै मकै छरिएको रहेछ”,उहाँले भन्नुभयो, “उस बेला सामान्य उत्पादन भएको थियो रे ! यस वर्ष पनि लामो समयको खडेरीले भर्खर मात्र मकै छर्दैछौँ ।”

मकै, कोदो, बदाम, गहत, जुनेलो र फापर खेती मात्र हुने सुख्खाग्रस्त क्षेत्रमा लामो समयको खडेरीले असर गरेपछि ज्यालादारीको काम खोज्न शहर पसेका स्थानीयवासीसमेत अहिले गाउँ फर्किएर मकै छर्नमा व्यस्त छन् । खानेपानीसमेत आकाशबाट झरेको वर्षातको पानी सङ्कलन गरेर उपभोग गर्दै आएका स्थानीयवासी लामो समयको खडेरीले खेतीपातीको काम नहुँदा ज्यालादारीको काम खोज्न शहर पसेका थिए । खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नहुने सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव हुने देखिएको छ । दैनिक छाक टार्नका लागि एक मात्र विकल्प रहेको खेतीपातीसमेत लामो समयको खडेरीले सखाप पारेपछि खुख्खाग्रस्त क्षेत्रका स्थानीयवासी अहिले चिन्तित बनेका छन् । 

सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासीलाई खाद्यान्न अभाव हुन नदिन यस वर्षको नगरपरिषद्बाटै बजेट विनियोजन गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “खडेरीले यो नगरपालिकामा ठूलो असर गरेको छ”, उहाँले भन्नुभयो, “अधिकांश नगरवासीको घरमा अहिले अन्नको दाना छैन । नगरवासीलाई भोकमरीबाट बचाउन राहत अनुदानअन्तर्गत रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।”खेतीपातीबाहेक अन्य पेशा तथा व्यवसाय नहुने स्थानीयवासीलाई राहत अनुदानबापतको रकमबाट खाद्यान्न खरिद गरेर वितरण गरिने नगरपालिकाले जनाएको छ । 

सुख्खाग्रस्त क्षेत्रमा बसोबास गर्ने अधिकांश स्थानीयवासीको खेतीपातीबाहेक अन्य पेशा तथा व्यवसाय नगरेको नगरप्रमुख राईले जानकारी दिनुभयो । लामो समयको खडेरीले पारेको असरका बारेमा अनुगमन गर्न प्रदेशसभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य राजन राई नेतृत्वको टोलीसमेत सुख्खाग्रस्त क्षेत्रमा पुगेको छ । आगामी दिनमा खडेरीले असर नगर्ने किसिमको बाली कुन लगाउन सकिन्छ भन्ने विकल्पको खोजी गर्न टोली सुख्खाग्रस्त क्षेत्र पुगेको जनाइएको छ ।  

खडेरीका कारण यस वर्ष जिल्लामा कम्तीमा पनि ४० प्रतिशत खाद्यान्न उत्पादन घट्ने सम्भावना रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो । “खोटाङको पहाडी भूभागमा गत वैशाख-जेठमै खेती लगाई सक्नुपर्छ”,उहाँले भन्नुभयो, “असार २३ गतेसम्म खडेरी लागेपछि खेती लगाउन नपाउँदा कतिपय ठाउँमा बसोबास गर्ने कृषकको खेतबारी बाँझै रहेको छ ।”

दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा समेत खडेरीले असर गरेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । खडेरीका कारण लेकाली भेगमा लगाइएको मकैलाई असर गर्नाका साथै बेँसी क्षेत्रमा धान रोपाइँ गर्न समस्या भएको कृषकले बताएका छन् । 

खडेरीका कारण जिल्लामा अहिलेसम्म ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । गत असार मसान्तभित्र लगभग रोपाइँको काम सकिने जिल्लामा अहिलेसम्म पनि नसकिँदा उत्पादनमा गिरावट आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध