२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा आगोमा जलेका पाँच महिने शिशुलाई दुई लाख ८५ हजार सहयोग

२०७६, २० श्रावण सोमबार ०८:२५

चिसाङ शेर्पा  | साउन १९,  खोटाङ | अगेनामा परेर दुवै हात र निधार जलेर शक्त घाईते भएका केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका पाँच महिने शिशु प्रविन राईलाई आर्थिक सहयोग गरिएको छ । युकेवासी ईशा गुरुङको अभियानमा संकलन भएको दुई लाख ८५ हजार रकम सहयोग गरिएको हो ।

१० साउनमा घरैमा दाजुको साथमा छोडेर आमाबुबा खेतबारीमा काम गर्न जाँदा अगेनामा परेर प्रबिनको दायाँ हातको ग्याङटीन र बायाँ हातको कन्ट्रयाक्चरमा गम्भीर असर पुगेर बिजोग भएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि अभियान्ता गुरुङले संञ्चालन गरेकोे चार दिने अभियानमा ४६ जनाबाट संकलित रकम आईतबार प्रविनको आमा निर्मला राईलाई हिसाब देखाएर ‘प्रविन राई राहत तथा उद्धार कोष’मा जम्मा गरिएको अभियानका सहयोगी माओदिप थुलुङ राईले जानकारी दिए । 

प्रविनको हाल कान्ती बाल अस्पताल काठमाण्डौमा निःशुल्क उपचार भईरहेको छ । आगोले अत्याधिक जलेका कारण प्रविनले दुवै हातको औला भने गुमाईसकेका छन्् । प्रविनका लागि किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष सञ्जयकुमार राई, सह–सचिव सिता थुलुङ राई लगायतले सहयोग संकलन अभियान सञ्चालन गरिरहेका छन् । 

घाईते बच्चाको निःशुल्क उपचारको व्यवस्था भएकाले संकलन भएको रकमले अक्षयकोष स्थापना गर्ने र सो को व्याजबाट आउने रकमले उनको शिक्षादिक्षाको प्रवन्ध मिलाइने यायोक्खाका उपाध्यक्ष राईले बताए । शनिबार केपिलासगढी गाउँपालिकाका अग्रज १२ जना युवाहरुले ५८ हजार १ सय रुपैयाँ सहयोग गरेको सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश