७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रममन्त्री विष्टद्वारा सचिवसँग कार्यसम्पादन सम्झौता

२२ श्रावण २०७६, बुधबार ०९:५२

साउन २२, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयका सचिव महेशप्रसाद दहालसँग कार्य सम्पादन सम्झौता गरेका छन् । मन्त्रालयमा एक आयोजित कार्यक्रमका विच श्रम मन्त्री विष्ट र सचिव दहालले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् । 


त्यस्तै सचिव दहालले पनि मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं सहसचिव, विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गर्नुभएको श्रम मन्त्रालयले जनाएको छ। यसैगरी सहसचिवहरुले आआफ्नो महाशाखाका उपसचिवसँग सरकारले लिएको लक्ष्य समयसीमा भित्रै हासिल गर्न चाल्नु पर्ने कदम र निर्धारित कार्यतालिकासहितको कार्यसम्पादन सम्झौता गरेका छन् । 


यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले श्रममन्त्री विष्टलगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गरेका थिए । कार्यक्रममा मन्त्री विष्टले कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्य पालनामा सघाउ पुर्याउने विश्वाश व्यक्त गरेका छन् ।

सो अवसरमा मन्त्रालयका उच्चअधिकारीले सरकारले लिएको लक्ष हासिल गर्न र मन्त्रालयको गरिमालाई उँचो राख्न उच्च मनोबलसहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता गरेका थिए । मन्त्रालयले आउँदो आइतबारसम्म सबै शाखा अधिकृतसँग कार्यसम्पादन सम्झौता गरिसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या