२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरका तीन मुख्य ग्रामीण सडक शिलान्यास

३० श्रावण २०७६, बिहीबार ११:२२

 साउन ३०, फिदिम । पाँचथरका तीन मुख्य ग्रामीण सडकलाई कालोपत्रका लागि शिलान्यास गरिएको छ । फिदिम–यासोक सडक, शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक तथा फिदिम–फालोट सडक कालोपत्रको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज शिलान्यास गर्नुभयो । कार्यक्रममा मन्त्री आङ्बोले स्थानीय तहहरुलाई मुख्य सडक तथा सदरमुकामसम्म जोड्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । शिलान्यास भएका सडकको निर्माणकार्य समयमै पूरा गर्न निरन्तर अनुगमन गर्न मन्त्री आङ्बोले स्थानीय तहका जनप्रतिनिधि तथा  जिल्लास्थित सरकारी निकायका प्रमुखलाई आग्रह गर्नुभयो ।

पूर्वाधार विकास कार्यालय पाँचथरअन्तर्गत यी सडकहरु निर्माण हुन लागेका हुन् । कुम्मायक गाँउपालिकालाई कोशी करिडोर तथा जिल्ला सदरमुकाम फिदिमसम्म जोड्न फिदिम–यासोक सडक कालोपत्र गर्न लागिएको हो । यसका लागि फिदिम–यासोकको ११.३१० किलोमिटरको सरखण्डे–यासोक खण्ड कालोपत्र हुनलागेको हो । बाँकी खण्ड कालोपत्र भइसकेको छ । सो सडक रु ५३ करोड ३३ लाख छ हजार ४८१ लागतमा निर्माण हुनलागेको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ । 

शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडकको १३.९२१ किलोमिटर कालोपत्र हुनलागेको हो । यो सडक कालोपत्र निर्माणको ठेक्का कान्छाराम याक्थुङहाङ जेभीले रु ७६ करोड २२ लाख ४५ हजार ५८३ लागत जिम्मा लिएको उक्त कार्यालयले जनाएको छ । यो सडकले फिदिम नगरपालिका वडा नं ९ तथा फाल्गुनन्द गाँउपालिकालाई कोशी करिडोर र सदरमुकाम फिदिमसम्म जोड्नेछ ।

फिदिम–फालोट सडकको फिदिम–नाङ्गीन खण्डको कालोपत्र हुनलागेको हो । फिदिम–१ अदालत गेट छेउबाट फिदिम–११ सल्लेरीसम्म १०.११२ किलोमिटर सडक कालोपत्र हुनलागेको हो । उक्त निर्माणको जिम्मा कन्काई पीएस जेभीले रु ५२ करोड ६७ लाख ३० हजार ८१३ लागतमा लिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख भरतकुमार यादवले जानकारी दिनुभयो । फिदिम–फालोट सडक भारतको सिक्किमसँग सीमा जोडिएको स्थानसम्म पुग्छ । यो सडकले फिदिम नगरपालिकाका वडा नं ११ र १२ तथा फालेलुङ गाँउपालिकालाई सदरमुकामसम्म जोड्नेछ । फिदिम फालोट सडकको बाँकी खण्डको स्तरोन्नति गर्ने कार्यसमेत चलिरहेको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख यादवले वताउनुभयो ।

पूर्वाधार विकास कार्यालयबाटै राँके–रबि–छ नम्बर बुधबारे सडकअन्तर्गत राँके बजारभित्र ३७० मिटर आरसीसी ढलानकार्य सम्पन्न भै सकेको छ । अधिकारी एण्ड ईश्वरी जेभीले रु एक करोड १५ लाखको लागतमा निर्माण सम्पन्न गरेको उक्त सडकको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले हिजो उद्घाटन गर्नुभएको थियो । 

सवारी तथा मानवीय चाप अधिक हुने यी सडकको कालोपत्र भएसँगै दैनिक आवतजावत, कृषि उपज निर्यातमा ठूलो सघाउ पुग्ने जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाको भनाइ छ । जिल्लामा पहिलोपटक ग्रामीण सडक कालोपत्र हुनलागेको हो । सडक कालोपत्र नहुँदा ग्रामीण क्षेत्रका सडकमा निश्चित समयमा मात्रै सवारीका साधन सञ्चालन हुने गरेका छन् । यसले गर्दा चाहेको समयमा सवारीका साधन नपाउँदा स्थानीयवासीले सास्ती ब्यहोर्नु परिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने