शंकर के सी | भदौ १३, सल्यान । वार्षिक नीति तथा कार्यक्रम अनुसार सल्यानको कपुरकोट गाउँपालिकाले जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ । बुवाको मुख हेर्ने दिनको अवसरमा शुक्रबार गाउँपालिकाले ६ वटै वडाका जेष्ठ न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शंकर के सी | भदौ १३, सल्यान । वार्षिक नीति तथा कार्यक्रम अनुसार सल्यानको कपुरकोट गाउँपालिकाले जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ । बुवाको मुख हेर्ने दिनको अवसरमा शुक्रबार गाउँपालिकाले ६ वटै वडाका जेष्ठ न"/>
2026-09-08 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान कपुरकोटमा ५३ जना जेष्ठ नागरिक सम्मानित

शंकर के सी | भदौ १३, सल्यान । वार्षिक नीति तथा कार्यक्रम अनुसार सल्यानको कपुरकोट गाउँपालिकाले जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ । बुवाको मुख हेर्ने दिनको अवसरमा शुक्रबार गाउँपालिकाले ६ वटै वडाका जेष्ठ नागरिक (पुरुष) लाई सम्मान गरेको प्रमुख प्रशसकीय अधिकृत सुवाश रिजालले जानकारि दिए ।

उनका अनुसार गाउँपालिकाले आमाको मुख हेर्ने दिनको अवसर पारेर महिला जेष्ठ गारिकलाइ सम्मान गर्दछ । उनले भने, ‘७५ वर्ष भन्दा माथीका जेष्ठ नागरिकका कुरा सुन्ने, समस्याबारे जानकारि लिने र सम्मान गर्ने उद्देश्यले बुवाको मुख हेर्ने दिन र आमाको मुख हेर्ने दिन यस किसिमको कार्यक्रम राख्ने गरेका छौँ ।’

गाउँपालिकाका ६ वटै वडामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर जेष्ठ नागरिकहरुलाइ सम्मान गरिएको हो । कपुरकोट, ३ मा ११ जना जेष्ठ नागरिक सम्मानीत भएको वडाध्यक्ष मिन बहादुर सेनले जनाए । टिका, दोसल्ला र नगद सहित सम्मानीत भएपछि कपुरकोट ३ दमारखोलाका ७६ वर्षिय जेष्ठ नागरिक टिकाराम डाँगीले सबै बुढापाकाहरु भेला भइ सम्मानीत हुन पाउँदा खुसि लागेको बताए ।

यस्तै वडा नम्बर १ मा ८ जनालाई वडाध्यक्ष बालाराम खड्काले, वडा नम्बर २ मा  ५ जना लाइ वडाध्यक्ष मान बहादुर रानाले, वडा नम्बर ६ मा  ८ जनाई वडाध्यक्ष हेरम बहादुर बुढाथोकीले सम्मान गरेका छन् । यस्तै कपुरकोट ५ मा १२ जना सम्मानीत भएको कार्यपालिका सदस्य कमला महरले जनाएकि छिन् भने वडा नम्बर ४ मा ९ जना जेष्ठ नागरिकलाइ सम्मान गरिएको वडा सदस्य चित्र बहादुर थापाले जानकारि गराएक छन् ।

सो अवसरमा जेष्ठ नागरिकहरुले गाउँपालिकाले मायाँ गरेर डाँडामाथीबाट ओझेल पर्न लागेका ब्यक्तिलाइ दोसल्ला, फुल, माला र खाजा खर्च दिएर सम्मान गरेको भन्दै खुसि देखिएका थिए । कपुरकोट २ खहरे निवासि ७८ वर्षिय लाल बहादुर ओलीले समन पाएकोमा खुसि हुँदै घरपरिवार र गाउँसमाजका ब्यक्तिहरुले पनि अग्रजको माया गर्नुपर्ने बताए । यस्तै कपुरकोट ६ ढोरबाङ खोला निवासि ८२ वर्षिय बागदल खड्काले सार्वजनीक यातायात, स्वास्थ्य संस्थामा अझै पनि आफुहरुले छुट पाउन नसकिरहेको गुनासो गरे ।

वडा नम्बर ३ मा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडाध्यक्ष मिन बहादुर सेन, कार्यपालिका सदस्य ठकविर विक लगाएतले बोल्दै घरपरिवारबाट अपहेलित हुनु परे वा कुनै समस्या आइपरेमा वडा कार्यालय एवम् गाउँपालिकाको कार्यालयमा आउन अनुरोध गरेका थिए । वडा सचिव अस्मीता पुनले सहजीकरण गरेको कार्यक्रममा वडा सदस्य टिकाराम बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल