2026-10-04 05:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा बाढीले पुल बगायो, सामान ढुवानी ठप्प

भदौ २८, सोलुखुम्बु | सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । बिहीबार बेलुका अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा आवातजावत ठप्प भएको हो । 

पर्यटकीय मौसम भएकाले यात्रुको चाप बढी भएपछि प्रहरी र स्थानीयले फड्के पुल बनाएर सामान्य आवतजावत सञ्चालन गरेका छन् । तर, खच्चड र घोडाको लागि पूर्णरुपमा आवगमन बन्द भएको स्थानीय याङ्जी शेर्पाले जानकारी दिनुभयो । यति बेला दैनिक खरिखोलाबाट सयौँ विदेशी तथा स्वदेशी पर्यटक सुर्के हुँदै लुक्ला जान्छन् । पर्यटकको लागि आवश्यक खाद्यान्नको सामान तथा लत्ताकपडा खच्चड र घोडाको प्रयोग गरी ढुवानी गरिन्छ । सडकको पहुँच नभएका कारण त्यस क्षेत्रमा सामान ढुवानीका लागि भरपर्दो साधन खच्चड, घोडा नै । तीनै खच्चड र घोडा हिडाउन नसक्ने भएपछि थप समस्या भएको स्थानीयले बताएका छन् । 

खुम्बु क्षेत्रका लागि खच्चडको प्रयोग गरी सामान ढुवानी गरिन्छ तर । बाटो अवरुद्ध भएपछि समस्या हुने लुक्लाका व्यवसायी फिन्जो शेर्पाले बताउनुभयो । शेर्पाले स्थानीय तहलाई तत्कालै बैकल्पिक व्यवस्था गर्न माग गर्नुभयो ।

यसैबीच, बाढिले सोही स्थानको सुर्केखोला पेल्ट्रीकसेटको पाइप र ट्याङ्की बगाएको छ । बाढीले विद्युत्को पाइप र ट्याङ्की बगाउँदा ५० घरमा विद्युत् आपूर्ति बन्द भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नदेखि रेडियो टेलिभिजन हेर्न नपाएको स्थानीयले बताएका छन् । 

साइकलयात्री जितकुमार साह आधारशिविरमा 

साइकलयात्री जितकुमार शाह सगरमाथा आधारशिविर पुग्नुभएको छ । भदौ ९ गते जनकपुरबाट यात्रा शुरु गर्नुभएका शाह शुक्रबार बिहान नौ बजे १९ दिनमा सगरमाथा आधारशिविर पुग्नुभएको हो । 

उहाँ गत बिहीबार सल्लेरी आइपुग्नुभएका थियो । शाह काठमाडौँ, दोलखा, उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बु आउनुभएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न यात्रा गरेको शाहको भनाइ छ । ‘तराई पहाड हिमाल हाम्रो मातृभुमि नेपाल’ भन्ने मूल नारासाथ नेपालको झण्डासहित सोलुखुम्बु आइपुग्नुभएका शाहले आफ्नो यो यात्राले नेपाल भ्रमण वर्षलाई सफल पार्न सहयोग पुग्ने दाबी गर्नुभयो । आगामी वैशाखमा ३१ वर्षीय शाहले साइकलसहित सगरमाथा आरोहण गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर