२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैंकको सिस्टम ह्याक गरेर ५ अर्ब लुट्ने योजनाकार अफ्रिकी मुलका काले

२०७६, ८ आश्विन बुधबार ११:४२

असोज ८, काठमाडौँ | कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ । नेपालका बैङ्कहरुबाट रकम निकाल्ने योजना नै पिटरेको रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ | 

लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका पिटरले नेपालका बैङ्क तथा वित्तीय संस्थाहरुबाट (५० मिलियन डलर) ५ अर्ब नेपाली रुपैयाँ निकाल्ने योजना बनाएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । 

उनका अनुसार पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास कैङ्क, कैलाश विकास बैङ्क र नबिल बैङ्क तथा पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीको दाबी छ । प्रहरीले बैङ्कबाट रकम चोरी गरेको आरोपमा राजधानीसहित विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १२ जनामाथि नै बैकिङ कसुर सम्बन्धी संगठित अपराधमा मुद्धा चलाइने प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा