असोज ९, काठमाडौं | पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूतमा नियुक्त भएकी छन् | सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले शेर्पालाई राजदूत नियुक्त गरेकी हुन् |
उनी हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् |