२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आगामी माघ ३ देखि ५ सम्म ‘नेपाल विल्डटेक एक्स्पो २०२०’ हुने

२०७६, १० आश्विन शुक्रबार १६:३४

असोज १०, काठमाडौँ | आगामी माघ ३ देखि ५ गतेसम्म भक्तपुरको सल्लाघारीमा अन्तराष्ट्रियस्तरको ' नेपाल विल्डटेक एक्स्पो २०२०' हुने भएको छ । नेपाल निर्माण व्यवसायी महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र इन्नो रेग इन्डियाको संयुक्त आयोजनामा उक्त एक्स्पो हुन लागेको हो ।

सोहि एक्स्पोसंगै निर्माण व्यवसायी महासंघको २१ औं साधारणसभा पनि गर्न लागिएकोले  एक्स्पोमा २ हजार भन्दा बढी निर्माण व्यवसायीको सहभागिता हुने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । एक कार्यक्रमका विच नेपाल निर्माण व्यवसायी महासंघ र भारतको इन्नो रेग इन्डिया कम्पनी विच समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ ।


निर्माण क्षेत्रमा चासो राख्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनी तथा निर्माण व्यवसायीहरुलाई विश्व बजारमा आएका नयाँ नयाँ निर्माण उपकरण बारे अवगत गराउन एक्स्पोले सघाउ पुर्याउने आयोजकले जनाएको छ । एक्स्पो मार्फत सरोकारवाला विचको द्रिपक्षीय तथा बहुपक्षिय सम्बन्ध सहित व्यापार, लगानीको बाताबारण र  व्यापारिक सम्बन्ध समेत अझ प्रगाढ हुने महासंघले ठहर गरेको छ । 

एक्स्पोमा निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचर सहित समग्र निर्माण उद्योग र प्रविधिसंग सम्बन्धित १ सय ६० भन्दा बढी प्रदशनी कक्षहरु रहने आयोजकले जानकारी दिएको छ। ३ दिनसम्म चल्ने एक्स्पोमा १० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ