७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ठेक्कापट्टा लिने र काम नगर्ने प्रवृत्ति बढ्यो : डा बाबुराम भट्टराई

१४ आश्विन २०७६, मंगलवार १०:४१

असोज १४, काठमाडौँ | समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखामा पछिल्लो समय ठेक्कापट्टा लिने र काम नगर्ने प्रवृत्ति बढेको बताएका छन् । गोरखा पत्रकार मञ्चले मंगलबार राजधानीमा गरेको दसैं, दिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भट्टराईले उक्त कुरा बताएका हुन् ।


हरेक महिना गृह जिल्ला पुग्ने गरेको बताउंदै भट्टराईले भने ‘गोरखाको विकास निर्माण करिब करिब ठप्प भएको छ, त्यसमा कुन खालको भ्रष्टाचार छ भन्ने कुरा पत्रकारले उजागर गर्नुपर्छ ।’ ठेक्कापट्टामा लिने र काम नगर्ने प्रवृत्तिलाई राजनीतिक दल र कर्मचारीले पनि सघाएको भट्टराईले आरोप लगाए । 

जनताले स्वैच्छिक ढंगले सहभागिता जनाएर बुढीगण्डकी आयोजनालाई साथ दिंदा पनि सरकार गम्भिर बनेको छैन भट्टराईले भने 'बुढीगण्डकी आयोजनालाई नेपाल आफैंले बनाउनुपर्ने भनेर पत्रकारले आवाज उठाउनुपर्छ, अन्यथा आयोजना नै अलपत्र पर्ने खतरा मैले देखेको छु ।’ जिल्लाका ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक पर्यटकीय स्थल जोड्ने सर्किट निर्माणको पहलका लागि पनि पत्रकारले आवाज उठाउनुपर्ने भट्टराईले बताए।


भट्टराईले प्राप्त उपलब्धीलाई गुमाउने कल्पना पनि गर्न नसकिने भन्दै लोकतन्त्रको रक्षार्थ सञ्चारमाध्यमहरुले उल्लेख्य भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले सञ्चारमाध्यमले रचनात्मक आलोचनाको भुमिका निर्वाह गर्नुपर्ने भन्दै दलगत राजनीतिबाट टाढा रहेर सुशासनका पक्षमा कलम चलाउन पत्रकारहरुलाई सुझाव दिए।

गोरखा १ का सांसद हरिराज अधिकारीले पर्यटकीय हिसाबले मात्र नभई भौगोलिक, सांस्कृतिक हिसाबले पनि गोरखाको विकास गर्न पत्रकारले भूमिका खेल्नुपर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्यहरू चुडामणि खड्का तथा लेखनाथ न्यौपाने, नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री कमला पन्त लगायतले जिल्लाको विकासका लागि दलगत स्वार्थभन्दा माथि रहेर सञ्चारमाध्यम तथा पत्रकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

मंचका सल्लाहकारहरु खिलबहादुर भण्डारी, रामजी दाहाल, सुशील अर्याल लगायतले गोरखा पत्रकार मञ्चले गोरखाली पत्रकारलाई एकीकृत गर्दै जिल्लाको समग्र विकासका लागि बहस चलाउनुपर्नेमा जोड दिए ।

गोरखा पत्रकार मञ्चका सं‌योजक प्रदीपराज वन्तले गोरखा जिल्ला घर भई विभिन्‍न जिल्लामा पत्रकारिता गरिरहेकाहरुलाई एकत्रित गर्ने, समस्या पर्दा सहयोग गर्ने र गोरखाका विभिन्न विषयमा बहस चलाउने बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह